ओझेल भित्रका सचेतना अभियान
No icon

भूतपूर्व सैनिक संघले पुर्व सैनिकका परिवारहरूलाइ काेभिड १९ बाट सुरक्षित रहन अाग्रह

“सचेत रहौँ ! आफ्नो सुरक्षा आफैँ गराैँ ! घर भित्रै बसौँ ! कोभिड १९ को नियमको शतप्रतिशत पालना गरौँ भन्ने मूल नारा सहित नेपाल भूतपूर्व सैनिक संघले पुर्व सैनिक तथा तिनका परिवारहरुलाई कोभिड १९ बाट सुरक्षित रहन आग्रह गरेको छ । पुर्व सैनिक तथा तिनका परिवारहरुको जीवनयापनमा अलि लापरवाही गर्ने प्रवृत्तिका हुने भएकोले सो विषयमा गंभिर भई ध्यान दिई कोभिड १९ बाट सचेत रहन नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष धनबहादुर रानाले आग्रह गर्नु भएकोछ । 
बिगत २ वर्ष देखी हामी नेपालीहरु कोभिड  १९ को चपेटामा फसेका कारण सारा नेपालीहरु अत्यन्त त्रसित छौ भने हजारौँ नेपालीहरुले ज्यान समेत गुमाइसकेका छन् । पूर्व सैनिक तथा तिनका परिवारहरु करिव १५० जना भन्दा धेरैल े ज्यान गुमाइसकेकाले यस महामारीबाट भविष्यमा धेरै भयावह रुप लिने सम्भावना बढिरहेकोले कोभिड खोप नपाउँदा तथा लापरवाही गर्दा अरु धेरै क्षति पूर्व सैनिकहरुले बेहोर्नु पर्ने अनुमान अध्यक्ष रानाद्धारा हस्ताक्षरित  प्रेस विज्ञप्तिमा गरिएको छ ।
तसर्थ पुर्व सैनिकहरुलाई यस महामारीबाट बच्न कोभिड १९ को नियम शतप्रतिशत पालना गर्न यस संघले विनम्र आग्रह गरिएको छ । साथै नियमहरु प्रत्येक मोबाइल फोन तथा एफ्एम, रेडियोद्धारा उद्घोष गरिरहेको बताइएकोछ । कोभिड १९ द्धारा संक्रमित भएका सदस्यहरुले होम आइसोलेसनमा गम्भिरताकासाथ भएर नियम पालना गर्न आग्रह गरिएको छ । यस्तै विदेशबाट आएकाहरु तथा एक ठाउँबाट अर्को ठाउँ गएकाले अनिवार्य क्वारेन्टाइनमा अनुशासित भई नियमपूर्वक बस्नु पर्ने बताइएको छ  । जसको लागी निम्नानुसारको नियमहरु पलना गर्नुपर्ने साे विज्ञप्तीमा अनुरोध गरिएको छ । जस्तैः
१. यस संघले भारतीय दुतवास मार्फत सीमावर्ति ठाउँमा बसा्बास गर्ने  esm हरुलाई भारत पारी गई खोप लगाउने बन्दोबस्त चाँडै नै हुने जानकारी पाएका छाँै । त्यसो गर्नाले धेरैले राहत पाउने छन् । 
२. भरातीय दुतावासले ECHS मार्फत भारतबाट एक महिना अघिनै खोप मगाएको सुसमाचार सैनिक सहचारी ज्युले दिनु भएको छ । धेरै नआत्तिनु आग्रह गर्दछौँ ।
३. यस सम्बन्धमा सेना सहचारी, OIC, ECHS र यस संस्थाको अध्यक्षले विस्तृत रुपमा छलफल गरी खोप चाँडै भन्दा चाँडै नेपाल भित्र्याई पुर्व सैनिक तथा तिनका परिवारलाई उपलब्ध गराउने विस्वास भारतीय दुतावासले दिएको छ ।
४. भारतमा ECHS ले ESM लाई खोप उपलब्ध गराएको छ । हामीलाई पनि ECHS ले नेपालमा खोप उपलब्ध गराउन पदैछ भन्ने हामीलाई विश्वास छ । यो कुरा हामीले भारतीय दुतावासलाई जानकारी गराएका छौँ ।

Comment As:

Comment (0)