ओझेल भित्रका सचेतना अभियान
No icon

"प्रकृति-मानव केन्द्रित जन अभियान गण्डकी प्रदेशमा"

यहि असार २५ गते प्रकृति-मानव केन्द्रित जनअभियान, नेपाल र डा.डि. बि. सिंह स्मृति फाउण्डेसनको तर्फवाट अभियन्ताहरु विन्दुराज सापकोटा, सन्त बहादुर घिसिङ, किशन शर्मा, डि.बि. बिश्वकर्मा र ज्ञानु आचार्य सहितको टोलीले गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको कार्यकक्षमा ४६ बुँदे ज्ञापन-पत्र र प्रकृति-मानव हितैषी दीर्घकालीन कार्यक्रमका २५ बुँदा कार्यान्वयनका लागि बुझाइयो र प्रदेश सभामुख मा. कृष्ण प्रसाद धिताल समेतलाई भेटगरि प्रकृति-मानव मैत्री कार्यक्रम सन्चालनको आग्रह गर्दै अभियानको अवधारणाका सम्बन्धमा छलफल गरियो । 

साथमा प्रदेशसभा सदस्य बिन्दु पौडेल र प्रदेश मुख्य सचिव कृष्ण प्रसाद खनालको पनि उपस्थिति रहेको थियो ।

प्रकृति-मानव केन्द्रित जन अभियानका ४६ बुँदामा मुख्य गरेर कृषि, स्वास्थ्य,विकास नीति, जलवायु परिवर्तन, जैविक विविधताको संरक्षण, सुशासन, निर्वाचन प्रणाली, सामाजिक समता, राष्ट्र र राष्ट्रियता, सुस्तामा सिमा अतिक्रमण, आन्दोलन र क्षतिपूर्ति सम्बन्धी विषय समावेस गरिएको छ भने २५ बुँदे अभियानको कार्यक्रम अन्तरगत यस्को विकास मोडलको सम्बन्धमा चर्चा गरिएको छ ।

तेस्तैगरि, असार २७ गते गण्डकी प्रदेशका कृषि मन्त्री मा. भिम बहादुर कार्कीलाई प्रकृति-मानव केन्द्रित जन अभियानद्वारा तयार पारिएको ब्रोसर र ज्ञापन-पत्र हस्तान्तरण गर्दै सहकार्यका विषयमा छलफल भयो ।

ज्ञापन-पत्रमा कृषिसंग सम्बन्धित बुंदाहरुमा:

१. प्रदेशमा जथाभावी हिसाबले जमिनको खण्डीकरण मार्फत खेती योग्य जमिनके बर्बादी भैरहेको सन्दर्भमा अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गरं यस्तो प्रक्रियालाई तत्काल नियन्त्रण र निगरानी गर्दै पर्यावरण-मानव मैत्री विकास मोडेल लागु गरियोस् ।

२. प्रदेशलाई पूर्णतया रासायनिक, विषादी तथा जी.एम.ओ. प्रविधि मुक्त घोषणा गरि प्राकृतिक/जैविक खेती प्रधान प्रदेश घोषणा गरियोस् ।

३. कृषिलाई जीवन रेखा स्वीकार गरि स्वच्छ र स्वस्थ कृषि उत्पादनको लागि कूल बजेटके ५०% रकम विनियोजन गरियेस् ।

४. कुनै पनि खेतीयोग्य जमिनलाई बांझो रहन नदिने गरि श्रोत व्यवस्थापन गरियोस् ।

५. स्थानीय जातका बिउविजन र बालीनालीको संरक्षण र प्रबर्दन गर्न हावापानी र माटो सुहाउदो विशेष कृषि कार्यक्रमहरु अवलम्बन गरियोस् ।

६. बांस, बेत, अम्रिसो, सनपाट, कपास, गुंद आदि जस्ता प्रकृति र मानव मैत्री कृषि उत्पादन र उद्योगहरुको प्रबर्दन गरियोस् ।

७. चुरे तथा उच्च पहाडहरुमा बर्षे पानी संकलनका लागि ट्यांकी तथा पेखरी निर्माणका साथै तराईको समथर जमिनहरुमा तालतलैयाहरुको निर्माण गरि सिंचाई र खानेपानीको व्यवस्था मिलाईयोस् । भन्ने रहेका छन् ।

यसका अलवा कृषि मन्त्री ज्यूसंग प्रदेश स्तरिय अर्गानिक कृषि सम्मेलनको आयोजना गर्ने सम्बन्धमा पनि छलफल भयो ।

Comment As:

Comment (0)