ओझेल भित्रका सचेतना अभियान

समाचार

SOCIAL PIXEL

पर्यटन

रामपुरको पर्यटन प्रवर्द्धनका लागि विचार गोष्ठी

चन्द्रा थापा मगर रुपन्देही जिल्ला तिलोत्तमा १ शंकरनगरको विश्व सख शान्ति बौद्ध विहार बौद्धिष्ट धर्मालम्बीहरुका लागि एउटा छुट्टै पहिचान बनिसकेको छ । शान्तिको प्रतिक मानिने बौद्धको विहारमा पहिलो पल्ट पाइला टेक्ने जो कोहीले पनि आनन्दको अनुभुति गरेका हुन्छन । बाहिरबाट देखिएको र सोचेको वा सुनेको भन्दा नितान्त नौलो र पृथक रुपले आनन्द र शान्ति महसुस गर्न सकिन्छ योे विहारमा । जता हे¥यो उतै विशाल जंगल र हरियो बोट विरुवा यसैको विचमा भन्टे ज्यूहरु ध्यान बस्ने  ६ वटा कुुटी यसै पनि स्वर्गको अनुभुति गर्न सकिने यो बौद्धको विहारमा बर्मा थाइल्याण्ड लगायत अन्य देशबाट आउने भिक्षुहरुलाई साच्चिकै आनन्दित तुल्याउँछ ।

२०५३ सालमा शंकरनगरको सामुदायिक वनमा स्थापना गरिएको यो बौद्ध विहारमा वर्मा, थाइल्याण्डबाट ल्याइएको बुद्धको मूर्तिहरु राखिएको छ । विहारमा विभिन्न ठाउँबाट आउने बौद्ध धर्मालम्बीहरुको लागि सिविर राख्ने भवनहरु निर्माण भएका छन् साथै धम्मा हलका भवनहरु पनि निर्माण गरिएको छ । नियमितरुपले भन्टेज्यूहरु र गुरुआमाहरु ध्यान बस्ने कुटीहरु निर्माण भएका छन् यी सबै दानवीर दाताहरुले दान गरेर  बनाइएको हो । विहारमा अहिले ३ वटा कुटीहरु निर्माण हुदैछ त्यस मध्ये २ वटा गुरुआमाहरुले आफ्नै लगानीमा निर्माण गरेका छन् भने एउटा रिसेप्सन कुटी सस्थापक पूर्व अध्यक्ष बलबहादुुर गुरुङले पनि आफ्नै लगानीमा  निर्माण गर्दैछन् । यसरी विहारमा विभिन्न ठाउँबाट प्रवचन, ध्यान सिविर बस्न आउँदा गुरुहरुको प्रवचन सुनेर स्वतः स्फुर्ट रुपमा दान दाताहरुले विहारलाई सहयोग गरेका हुन्छन् । विहारमा के कुराको आवश्यकता छ ती आवश्यकतालाई मध्यनजर गरी भवन र कुटीहरु पनि दानवीर दाताहरुले नै निर्माण गरिदिएको कुरा अध्यक्ष चन्द्र बहादुर श्रीषले जानकारी दिए । यो विहारलाई यहाँको स्थानीय सरकारले आजसम्म ५ लाख रुपैयाँ मात्र सहयोग गरेको छ भने अन्य सहयोगहरु बर्मा लगायत बाहिरी जिल्लाहरुबाट आउने भएकोले विहार सञ्चालन गर्न केही सहज भएकोे अध्यक्ष लगायत विहारका उपाध्यक्ष खेम गरुङले बताए । अहिले विहारमा नियमितरुपले ध्यान बस्ने ३ जना भन्टे ज्यू र ३ जना गुरुआमाहरु रहेका छन् । विहारमा दैनिक पाठ पुजा लगायत बेला बेला बर्काबास तथा ध्यान शिविर भइरहने गर्छन् ।

१२ विघा क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनको जग्गा विहारका लागि आवश्यक क्षेत्रफल छुट्याएर त्यसको डी.पी.आर. गर्न अझै बाँकी छ । बौद्ध विहार स्थापना भएदेखि दुई दशक भन्दा बढी अध्यक्ष रहदै आएका शंकरनगर १ निवासी बलबहादुर गुरुङले विहारलाई ठुलो योगदान पु¥याउँदै आएका थिए भने अहिले  शंकरनगर १ निवासी चन्द्र बहादुर  श्रीष मगर विहारको अध्यक्ष रहदै आएका छन् । विहारमा  थुप्रै विकास निर्माणका कामहरु पुर्व अध्यक्ष बलबहादुर गरुङको कार्यकालमा  भए पनि  अझै धेरै कामहरु गर्न बाँकी  रहेकोले अबका दिनहरुमा आवास गृह निर्माण गर्ने , पार्किङ स्थल बनाउँने विहारको क्षेत्रफल छुट्याएर कम्पाउण्ड लगाउने लगायत थुप्रै कामहरु आफ्नो कार्ययोजनामा पुरा गर्ने सोँच  अध्यक्ष श्रीषले बताएका छन् ।  यो विहार शंकरनगर बौद्धिष्ट धर्मालम्बीहरुको लागि मात्र होइन यो एउटा तिलोत्तमा नगरपालिको गौरव,शान र पहिचान पनि होे । यद्यपी यो बौद्ध विहारलाई स्थानीय सरकारले संरक्षण गरि विकास निर्माणमा टेवा पु¥याउँनु पर्ने जरुरी देखिन्छ ।

 

 चन्द्रा थापा मगर

पाल्पा जिल्ला वगनासकाली गाउँपालिकाको यम्घामा पर्ने दाङ्गसिंघा गाउँ अति मनोरम दृश्यले भरिपूर्ण छ ।  यो गाउँमा घुम्न आउने जो कोही व्यक्तिको पनि मन लोभिनु स्वभाविकै हो ।  पाल्पामा विभिन्न पर्यटकीय सम्भावना बोकेको ठाउँ र थुप्रै पर्यटकीय स्थलहरु भएकोले मैले कपीमा कोरेर परिचित गराइरहनु पर्दैन जिल्लाको नामै काफी छ र  पाल्पा आफैमा प्रसिद्ध एवम् परिचित जिल्ला हो । त्यसकारण मैले पाल्पा वगनासकाली वडा न.६ को दाङ्गसिंघा गाउँलाई मात्र समेटी कपीको पानामा  उतार्ने प्रयास गरेको छु । तानसेनको बर्तुङबाट चिलाङदी हँुदै मोटर बाटोको उकालो लागेपछि गोपालदी,बराङदी ,लिधिनडाँडा, चापपानी, गेजा, दरुंगाडाँडा,चुनरडाँडा हँुदै दाङ्गसिंघा गाउँ पुगिन्छ । यो गाँउमा थोरै पक्कीबाटो भए पनि धेरै कच्ची बाटाहरु रहेका छन् । त्यहाँ लगभग ६०/६५ घर धुरी भएकोले ९५ प्रतिशत मगरहरुको बाहुल्यता रहेको बस्ती हो । त्यहाँका  बालबालिकाहरुले पढ्ने कक्षा ४ सम्मको कानुङ प्राथमिक विद्यालय रहेको हुनाले विद्यालयमा अध्यापन गराउने ४ जना शिक्षिका मध्ये प्रधानध्यापक पनि शिक्षिका लिला बराल मगर नै रहेकी छिन् । यो गाउँका अधिकांश मगरहरु मगरभाषा  बोल्नेहुँदा  त्यहाँको वनपाखा बस्तीहरुको नाम पनि मगरभाषा मै रहेको पाइन्छ जस्तैः चिलाङदी, बराङदी, लिधिन डाँडा, गेजा, दरुंगाडाँडा, दाङ्गसिंघा जस्ता थुप्रै ठाउँको नाम लगायत स्कुुलको नाम पनि कानुङ  प्रा.वि. नै रहेको छ ।  त्यो गाउँको  व्यक्तिहरुको मुख्य पेशा कृषि नै भएकोले उत्पादन मकै, कोदो, फापर, पिँडालु, बेसार लगायत विशेष गरी अदुवा खेतीबाट बढी आम्दानी गरेको पाइन्छ ।  त्यहाँका किसानहरु मिलेर बर्षेनी लगभग ८/१० लाखको अदुवा विक्री गर्ने गरेको स्थानीय बासिन्दा एवम् शिक्षक खिम बहादुर कवँरले बताए । 

दाङ्गसिंघा गाउँमा पुरानो पुस्ताका दुई चार जना व्यक्तिहरु भारतीय सेनामा लाहुरे  थिए भने अहिलेका युवाहरु बैदेशिक रोजगारीमा गएका छन् । २०४२  साल तिर केही प्रोजेक्टहरुले खानेपानीको व्यवस्था गरिदिए पनि सफल हुन सकेन त्यसकारण ५४/५५ साल तिर फिनल्याण्ड प्रोजेक्टबाट खानेपानी ल्याए पनि त्यहाँका नागरिकहरुलाई पानीको समस्या अहिले पनि ज्यूँका त्यूँ छ । अरु गाउँमा एकघर एक धारा छ भने त्यहाँका  गाउँलेहरु एक घर एक गाग्रो पानी पालैपालो भर्ने गर्दछन् ।  त्यहाँका स्थानीय शिक्षक खिम बहादुर कवँरले खानेपानीको लागि उपभोत्ता समितिको अध्यक्षसँग कुुरा गर्दै आएकोले पानीको समस्या समाधान भयो भने दाङ्गसिंघा गाउँमा होमस्टे सञ्चालन गर्ने सोँच बनाएका छन् । गाउँदेखि माथि डाँडामा समथर परेको भाग छ त्यहाँ कालीगण्डकीबाट ल्याउँन लागिएको  पानी ट्याङ्की, नेपाल टेलिकमको टावर राखिएको रहेछ । त्यहाँबाट  चारै तर्फ विभिन्न जिल्लाहरु र हिमालका मनोरम दृश्यहरु सजिलै नियाल्न सकिन्छ । जस्तै पाल्पा जिल्लाको विभिन्न भाग, गुल्मी, पर्वत, स्याङजाको प्रकृतिसँग  रमाउँँँन र प्रकृतिलाई नजिकबाट नियाल्न चाहाने पर्यटहरुका लागि दाङ्गसिंघा गाउँ निकै उत्कृष्ट मानिन्छ । योे जिल्लाको विभिन्न ठाउँहरु ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले आफैमा भरिपूर्ण छ ।  पाल्पाको विभिन्न ठाउँमा घुम्न  आउने पर्यटकहरुलाई दाङ्गसिंघा गाउँमा पनि पर्यटकको रुपमा भिœयाउँन सकियो भने त्यहाँका नागरिकहरुको जीवनस्तरमा आर्थिक उन्नतीले ठूलो टेवा पुग्न सक्ने स्थानीयवासीहरुको एकमत रहेकोछ । गाउँमा होमस्टे सञ्चालन गरेर आफ्नै गाउँमा उत्पादन भएका खाद्य तथा अन्य वस्तुहरुलाई प्रयोगमा ल्याई गाउँमै खपत गर्ने सोँच लिएका छन् शिक्षक खिम बहादुर कवँरले । कृषिमा आधारित गाउँलेहरुलाई कृषि एवम् सास्कृतिक पर्यटनसँग जोडेर माथि उठाउँन सकिने कुरा पनि कवँरले जानकारी दिए ।  होमस्टेमा आउँने पर्यटकहरुका लागि कालीगण्डकीबाट पानी ल्याइ सुइमिङपुल र बोटिङ्गको व्यवस्था गर्नुका साथै पाल्पा जिल्लाको विभिन्न पर्यटकीय स्थलहरु रानीमहल, कालीगण्डकी पावर हाउस,आलमदेवी लगायत यस्ता थुप्रै पर्यटकीय स्थलहरुका लागि टुर प्याकेजमा लाने सोँच शिक्षक खिम बहादुर कवँरले गरेका छन् । मगर मौलिक संस्कृति तथा सम्पदाले उत्कृष्ट मानिने पाल्पा जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकीयहरुको आगमन गराउन सकियो भने यो दाङ्गसिंघा गाउँले समृद्धिमा फड्को मार्न सक्ने सम्भावना  रहेको देखिन्छ ।   

विदेश

किन हिंस्रक भीडन्तमा परिणत भयो भारत–चीन सीमा विवाद ?

 

एजेन्सी । भारतीय फिल्म तथा संगीत उद्योगका चर्चित जोडी साजित–वाजिदका एक मुख्य पात्र अर्थात चर्चित संगीतकार वाजिद खानको गएराती निधन भएको छ । खानको पारिवारिक श्रोतले उनको निधन भएको पुष्टि गरेको हो ।

त्यसैगरी गायक सोनु निगमले पनि आफ्नो फेसबुकमा संगीतकार खानको निधन भएको उल्लेख गरेका छन । स्वर्गीय खानको पारिवारिक श्रोतले बताए अनुसार उनी मृगौला पीडित थिए र दुई बर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

 

घाँटीमा ईन्फेक्सन भएका कारण मुम्बइको चेम्बुरस्थित सुराना अस्पतालमा भर्ना भएका खानको खानको परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सन १९८१ मार्च १० मा जन्मेका खानको ताजा गीत ‘भाई–भाई ’एक साता अघि रिलिज भएको थियो ।

यो गीत नायक सलमान खानसंगको सहकार्यमा निर्माण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । वाजिद खान आफना दाई साजिद खानसंग मिलेर संगीत सृजनाको काम गर्दै आएका थिए ।

साजिद–वाजिदको जोडीले सन १०९८ मा सलमान खान अभिनित सुपरहिट फिल्म ‘मैन प्यार किया’ मा संगीत दिएको थियो । यो जोडीले अहिलेसम्म ९ बर्षसम्म निरन्तर संगै काम गर्ने क्रममा १६ फिल्म हिट भएका छन ।

 

 एजेन्सी  |  १ घण्टा अघि चैत ११, २०७६ एजेन्सी : चीनमा वुहान सहरमा कोरोना भाइरस नियन्त्रणमा आइसकेको अवस्थामा अर्को भाइरस देखिएको छ।  यसअघि पनि देखिएको हन्ता भाइरस चीनमा फेरि देखिएको हो। यो भाइरसका सोमबार चीनमा एकजनाको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला चीनमा केही वर्षअघि पनि देखिएको यो भाइरस देखा परेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काम सकेर सान्डोग प्रान्त फर्किरहेका एक व्यक्तिमा यसखाले भाइरस संक्रमण रहेको फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति सवार गाडीमा रहेका अन्य ३२ जनाकोसमेत चेकजाँच गरिएको छ।  भारतमा पहिल्यै हन्ता भाइरस देखा परिसकेको थियो। सन् २००८ मा भारतको तमिलनाडुमा यस भाइरसका रोगीहरुको पहिचान भएको थियो। त्यस समय यसबाट २८ जना संक्रमित भएका थिए।

खासगरी सर्प र मुसा शिकार गर्ने व्यक्तिमा यस प्रकारको संक्रमण पाइएको थियो। सन् २०१६ मा १२ वर्षीय एक बालकको यस रोगबाट मुम्बईमा निधन भएको थियो।   

अन्तर्वार्ता

स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउछौं

टिपी  पुन

नवलपरासी, सुनवलका लोक बहादुर कुंवर क्षेत्रकिा वयले बहत्तरमा सयर गदैंछ । उनका नयन वरिपर िअतित फन्फनी नाचिरहन्छन् । मानिसका आचाारणमा फेरवदल भयो । भौतिक स्वरुपमा परिवर्तन आयो । राजनीतिक दलहरुका कार्यनीतिमा परिवर्तन भयो । नेताहरुका जीवन शैलीमा नसोचेको रुपान्तरण भयो । हिजो उनले सोचेका सपना, लिएका लक्ष्यमा एकाएक यो परिवर्तन आएको देख्दा उनी छाँगाबाट खसेझै हुन्छन् । उनले सेल्टरमा संरक्षण दिएर राखेका नेताहरु सत्तामा पुगे । आखिर, सर्वहारावादी त नारामा मात्र पो रहेछ । हो, उनले अचेल यही सोचेका छन् । यी सबै दृश्यबाट प्रताडित उनलाई राजनीतिप्रति खासै मोह समेत छैन । 

पाल्पा जिल्लाको डल्का गाउँमा नील बहादुर र बालकुमारीका दम्पत्तिले उनलाई राइला सन्तानको रुपमा जन्म दिएका हुन् । किशोर कालसम्म त्यही हुर्केका उनले पाल्पाकै कुसुमखोला प्रा.वि.मा ६ कक्षासम्म अध्ययन गरे । २०२३ सालमा भैरव जनता मा.वि बाट एस.एल.सी उत्तिर्ण गरे । तयसपछि सोही विद्यालयमा तीन वर्ष पढाउन थाले । 

अठार वर्षको उमेरसम्म उनले पहाडमै व्यतित गरे । २०२६ सालदेखि २०२७ सम्म भैरहवामा परिवार नियोजन संघमा खरदारको जागिर खाए । २०२८ सालतिर राष्ट्रिय जनगणनामा सहायक निरीक्षक भई नवलपरासी जिल्ला आए । २०२८ सालदेखि २०३१ सम्म पुनर्वास योजनामा नासु लेखापालको जागिर खाए । पछि पुर्नवास बसोवास नामाकरण भयो । बुटवल प्रधान कार्यालय थियो भने शाखा चाहि नवलपरासीको बडेरा र धनेवामा । 

२०३१ सालको अन्तिमतिर उनी शिक्षण पेशामा प्रवेश गरे । ८ वर्ष जति परासीमा पढाए÷०३९ देखि ०४५ सम्म सुनवलस्थित मकहाकवि देवकोटा मा.वि. मा पढाए । २०४६ देखि ०५७ सम्म जनसेवा नि.मा.वि मा पनि अंगेजी, सामाजिक, गणित र भूगोल विषय पढाए । 

भारतको बनारसबाट आइ.ए उत्तर्णि यीनले अन्य स्थानमा कर्मचारीको रुपमा गरेको काम भन्दा शिक्षण पेशाबाट बढी सन्तुष्टि मिलेको बताउँछन् । कर्मचारीको रुपमा काम गर्दा हाकिमलाई ज्यू हजुर, तलकालाई तँ भन्नुपर्ने, बढी गफ गर्नुपर्ने तर शिक्षणमा बौद्धिकता अझ तिखारिने उनको ठम्याइ छ । 

सुरुमा उनले जागिर खाँदा मासिक ३० रुपैया बुझ्थे । हाल चाहिँ पेन्सनबाट नै ११ हजार पुगिसक्यो । नयाँ शिक्षा योजना लागु हुनुअघि गाउँलेले नै रकम संकलन गर िशिक्षकका तलव खुवाउँथे । कहिले त ५÷६ महिनासम्म समेत तलव पाएका हुन्थेनन् । 

राजनिितमा संगठितः 

सुरुदेखि नै अरुलाई शोषण गर्नुहुन्न आफै परिश्रमी बन्नुपर्छ भन्ने प्रवृति थियो, उनको परासीको मेगुर यादव र बडेराका लाल बहादुर वि.क ले नै उनलाई हरियालीमा संगठित गरेका हुन् । उनले निवेदन प्राप्ति पश्चात उनीहरुले नै नेकपा मालेको सपथ खुवाएका हुन् । जीवन आश्रितसँग उनको सम्बन्ध राम्रो थियो । २०२५ सालतिर आश्रितले नै बलराम उपाध्ययलाई चिठी लेखे । बनारस गएर देखाउँदा बलरामले नै फाराम भर्ने कार्य गरी पठनपाठनको व्यवस्था मिलाइदिए । 

 बनारसमा छँदा उन ितीनरात आश्रितसँगै बसेका थिए । उनैका विश्वासिलो कमरेड भनी चिठी लेखिदिएकाले पुष्पालालसँगै समेत एउटै कोठामा बसेर कुराकानी गर्न पाएका थिए । बनारसमा समेत पञ्चायती व्यवस्थाले उनको कार्यालयमा गुप्तचरहरु पठाउने गथ्र्थाे । पुष्पलालको धेरै चिया पिउने लत भएकाले उनले होटलबाट ल्याएर खुवाउनुपथ्र्याे । 

२०३० सालतिर जीवराज आश्रित मोदनाथ प्रश्रित र मदन भण्डारीले पुष्पलालको संगत छाडी मुक्ति मोर्चा गठन गरे । कहिले भने पुष्वपलाललाई साथ दिइनै रहे । यही साल आ।ितले पुष्पलालका पुराना कार्यकर्ता खोज्दै हर्दियाचापमिा लोक बहनदुर कुंवरलाई भेट गर्न भनी आइपुगे । उनाका दम्पत्तिले समेत आश्रितको मुक्तकण्ठले प्रशंसा गदै भनेः– उहाँ साना ठुला सबैसँग मिल्नुहुन्थ्यो । केटाकेटीसँग मिलेर कविता लेख्ने बुढाबुढीसँग मिलेर ढिकी कुट्ने, खाना पकाउने, भाडा माझ्ने गर्नुहुन्थ्यो । खेतमा जाँदा धानका बिटा आफै उठाएर बोक्नुहुन्थ्यो । मिठो बोल्नुहुन्थ्यो । अत्यन्तै नै सुशील हुनुहुन्थ्यो, उहाँ ।

आश्रित पछि सो क्षेत्रमा पार्टीले गोपाल शाक्यलाई खटायो । उनको भुमिगत नाम विक्रम, विकास थियो । ती नेताहरु राती आई लोक बहादुरका निवासमा रातभर गुनगुन कुराकानी गर्थे । सबेरै झिसमिसेमै उठेरै जान्थे । छिमेकीले निकै चियो चर्चा गर्ने गरेको उनले बताए । 

गोपाल शाक्य झोला भिरेर एक्लै मूल बाटो छाडी जंगलबीच हिड्दै थिए । गस्तीका प्रहरीसँग जम्काभेट हुँदा मुठमेड भयो । उनले लोक बहादुरकोमा जाने हो भनेछन् । मुठभेडमा गस्तीका प्रहरीलाई खुकुरीले घाइते गरी कुलेलम ठोकेछन् उनैले सुरक्षित साथ बस्नुहोला भनी लोकबहादुर कहाँ समाचार पठाए । त्यसपछि लोक बहादुरले वर्ग संघर्ष, मुक्ति मोर्चा नस्ता पार्टीका मुखपत्रहरु परालका टौवामुनि खाडल खनेर गाडे । उनलाई जिल्ला प्रहरी कार्यालय, परासीमा लगेर एक रात राखे पनि आवश्यक प्रमाण प्राप्त नभएकोले रिहा भए । 

काम गरिखानेको दिन ल्याउने, मुक्ति प्राप्ति गर्ने र स्वाधिन नेपालको स्वाभिमान नागरिक बनी जिउने अभिलाषा बोकेर कम्युनिष्ट पार्टीमा समर्पित भए उनी जस्ता थुप्रै त्यो क्षण उनी कदापी भुल्न सक्दैनन् –२०३३ सालतिर पार्टीका दस्तावेजहरु बोकेर स्व.सुवेदार गंगा रानाभाट, हर्दियचापीकै दुर्गा क्षेत्री र यिनी कीर्तिपुरको जंगलमा आईपुग्दा भेरी लाइट बाल्दै गाडी आइपुग्यो । गंगा रानाभाटले आर्मीको हो भागौं भन्दा तीनजना तीनतिर दगुरे । जुनेली रातमा खोला पारी हाम्रै साथी ठिङ्ग उर्भिको देख्दा दुश्मन भन्दै झण्डै खुकुरीले आपसमा बजाएका थिए । 

यिनै दुःख सास्तीले हुर्काएका तत्कालनि माले हालको एमाले बनेको छ । सेन्टरमा आउने नेताहरु मन्त्री समेत बने । यिनी भने निराश भइ राजनिितबाट सन्यासी झै बनेका थिए । एमालेले अब आफ्ना कार्यकर्तालाई नवौ महाधिवेशनबाट आर्थिक उपार्जन हुने पेशा व्यवसायतिर लागने निित अवलम्बन गदैछ । यो कुरा लोक बहादुरले उहिल्यै बुझेका थिए । 

बाइस वर्षको उमेरमा केशकुमारसिँग घरजम गरेपश्चात सुखदुःखमा उनैले साथ दिइन । चार सन्तान मध्ये तीन जना व्यापार व्यवसायमा संलन भइ प्रगति गरेका छन्, एउटी छोरीलेसमेत असल घरजम गरेकी छिन् । नाति नातिनीका समेत मुख देख्न पाउँदा मनले सन्तोष मान्दोरहेछ । 

२०३५ सालमा हर्दियाचापीबाट सुनवल चौराहामा बस्दै आएका छन् । श्रीमतीसँग सुनको औंठी बनाउन भनी बुटवल जाँदै थिए । भैगो बरु व्यापारीतिर लगानी गरौं श्रीमतीले फ्याट्ट भनिन्, श्रीमानले समेत खुरुक्क मानिहाले । त्यसपछि किराना पसल सञ्चालन गरे । जसलाई अझसम्म निरन्तरता दिदै आएका छन् । अध्ययन र लेखनमा अभिरुचि भएकाले फुर्सदमा किताब, कलम समाउन छुटाउँदैनथे । पञ्चायत कालमा उनको पार्टि भूमिगत छँदा अध्ययन गर्न भ्याएका प्रश्रितका ‘देवासुर संग्राम’ राहुल सक्रियतामा बामपन्थी विचारधाराका लेखहरुका कृति, गोर्कीका ‘आमा’ किन इलसुङका रचनाहरु र माओका रेडबुकका खुराकले नै उनमा राजनीतिक चेतको ढकनी खोलिदिएको थियो । 

Streaming Videos