मोतिपुर मगर महिला समुहको मौलिक सोरठी गीत सार्वजनीक

रूपन्देही मोतीपुर मगर महिला समूह शिवनगरले मगर समुदायको माैलिक संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले तिहारको अवसर पारेर सोरठी गीतको म्यूजिक भिडियो बजारमा सार्वजनीक गरेको छ। मिठो स्वरका धनी छवि रास्कोटी मगर र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर स्वर रहेको यो मौलिकपन सोरठी गीत "आकाशैमा" बुटवल मगर कल्चर ग्रुप युट्युब च्यानलबाट सार्वजनिक भएको छ। मगर संस्कृतिका परम्परागत तिहारमा नाच्ने यो गीतले मगर समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि महत्वपूर्ण योगदान रहने मिठो स्वरका धनी गायक छवि राजकोटी मगरले बताएका छन्।

लामो समय लगाएर तयार पारिएको यो गीतमा लय शब्द प्रेम बहादुर बुढा मगरको रहेको छ भने संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्। बजारमा सार्वजनिक भएको यस आकर्षक म्यूजिक भिडियोमा गिरी राना मगर, चन्द बहादुर घर्ती मगर, नारायण सूर्यवंशी मगर, सुशान्त साठी घरे मगर, साहिल बगाले मगर, भीम पुन मगर र रोशन पुन मगर लगायत मोतीपुर मगर महिला समूहको अभिनय रहेको छ। गीतमा भिडियो निर्देशन मुकेश नेपालीले गरेका छन् भने छायाङ्कन अविनाश श्रेष्ठले गरेका थिए। हालै सार्वजनिक भएको यो गीत समाजिक सञ्जाल र अहिलेको तिहारमा चर्चा कमाएकोले सोरठी परम्परालाई जोगाउन थप महत्वपूर्ण भूमिका खेल्ने छ ।
