ओझेल भित्रका सचेतना अभियान
No icon

गएराति अष्टेलियासँगकाे खेलमा नेपाल ३-० ले पराजित, कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुकाे उत्कृष्ट प्रदर्शन

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोट अन्तर्गतकाे अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो । 

नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।

समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोले । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे । मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो ।

खेलको ४५ मिनेटमा बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमदअबुले रातो कोर्ड देखाएका थिए । त्यसपछि नेपाल १० खेलाडीमा  सीमित बन्यो। नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए। त्यसैगरी खेलकाे ५७ मिनेटमा अस्ट्रेलियाका लागि बोयलले तेस्रो गोल गरे।

दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।  नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बू निकै ब्यस्त रहे र उनले विशेषत: दुवै हाफमा केही उत्कृष्ट बचाउ गरे।

नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुश घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो।

छनोटमा अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंकमा शीर्ष स्थानमा छ । नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । 

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ।

 

Comment As:

Comment (0)