ओझेल भित्रका सचेतना अभियान
No icon

काठमाडौ देखि पश्चिम रुकुमको लागि छुटेको बस दाउन्नेमा दुर्घटना, ४ जनाको घटनास्थल मै मृत्यु ,केही घाइते

बुटवल, जेठ ५ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ दाउन्नेमा बस पल्टिदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस पुर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने नजिकैको घुम्ती निर आज बिहान करीव ६ बजेको समयमा खोलामा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका ४ जना मध्ये ३ जनाको सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक डम्वर गिरीले जानकारी दिए ।
मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती छन् ।घाईतेहरु मध्ये ५ जनाको बर्दघाट स्थीत सञ्जीवनी अस्पताल र ४२ जनाको चिसापनी अस्पतालमा उपचार भई रहेको प्रहरीले बताएको छ ।
सडकबाट करीव २ सय मिटर खोल्सामा खसेको बसमा यात्रुहरु च्यापिएको हुन सक्ने आशंकामा क्रेनको माध्यमबाट झिक्ने प्रयत्न भई रहेको उनले बताए।

Comment As:

Comment (0)