खुद्रा किराना व्यवसायीलाई टीम बिल्डिङ्ग तालिम
संस्था सञ्चालन र व्यवस्थापनका लागि टिम बिल्डिङ्ग तालिम बुटवलमा शनिवार सम्पन्न भयाे । खुद्रा किराना व्यवसायी संघ,रुपन्देहीले आफना कार्यसमिति सदस्यहरुका लागि आयाेजित उक्त तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले संस्था सञ्चालन र व्यवस्थापनका आधारभूत तत्वहरु,टीम काे अर्थ,यसमा उद्देश्य र सारभूत पक्षहरु,सम्बन्ध,सही सञ्चार एवम् याेजना तर्जुमा,बुटवल उपमहानगर पालिका याेजना शाखाका अधिकृत ठगिश्वर पाेखरेलले व्यवसाय,दर्ता प्रक्रिया, अनुगमन र व्यवसायीले अपनाउनु पर्ने नीति, नियमका बारेमा सहजीकरण गरेका थिए । 

त्यसैगरी ग्रामीण विकासका जानकार युवराज घिमिरेले व्यवसायी र ग्राहककाे सम्बन्ध विस्तारका लागि अपनाउनु पर्ने विधि,ग्राहककाे मनाेविज्ञान र व्यवसाय प्रवर्द्धनका लागि आवश्यक तत्वहरु र सामाजिक उद्यमी एआर सिलवालले संस्थाकाे स्वाेट एनालाइसिस र संक्षेपीकरणका साथै प्रयाेगात्मक प्रस्तुतीकरणमा सहजीकरण गरेका थिए ।
संघका ५० जना सहभागी रहेकाे उक्त तालिमकाे समापनमा सल्लाहकार दधिराम ज्ञवाली,सदस्य विमला गुप्ताले टीम बिल्डिङ्ग तालिमले आफूहरुलाई संस्था सञ्चालन र व्यवस्थापन गर्न प्रशस्त ज्ञान,सीप मिलेकाे र व्यवहारमा उतार्न आफूहरु आतुर रहेकाे बताए ।
संघका महासचिव यमलाल बेल्बासेकाे सञ्चालन र अध्यक्ष गाेपालकुमार प्रधानकाे अध्यक्षतामा तालिम समापन कार्यक्रम सम्पन्न भएकाे थियाे ।
