प्रकृति मानव केन्द्रित जन अभियान, नेपालको आयोजनामा सहकारी प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम
आज मंसिर २७ गते प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको आयोजनामा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वर, काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
अभियानका केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटाको अध्यक्षता, उपाध्यक्ष टेकराज पौडेलको स्वागत र डा. माया गिरीको संचालनमा गरिएको अन्तरक्रिया कार्यक्रममा बहशका लागि बिन्दुराज सापकोटाबाट "जैव सामाजिक संकट समाधानका लागि प्रकृति-मानव हितैषी कार्यक्रम लागू गरौं" भन्ने मूल नारा र "वर्तमान विश्व कर्पोरेट पूँजीवादी व्यवस्था सबै समस्याहरुको जड; प्रकृति-मानव केन्द्रित कार्यक्रमको आधारमा पुनर्गठित गर्ने आवश्यकता" भन्ने विषयमा अवधारणा पत्र सहभागीहरु माझ प्रस्तुत गरियो । जम्मा ३८ जना सहभागीहरुमध्ये १८ जनाले आ-आफ्नो विचार तथा सुावहरु प्रस्तुत गर्दै अधिकांस सहभागीहरुबाट अवधारणा पत्रमा उठाइएका विषयहरु एकदम सान्दर्भिक र मननयोग्य रहेको भन्दै अहिलेको विश्वको जटिल परिस्थितिलाई मध्यनजर गर्दै नयाँ विषयमा भएको यश बहश कार्यक्रमलाई व्यापक रुपमा जनस्तर सम्म लैजानु पर्ने कुरामा जोड दिइएको थियो । वर्मान विश्वमा यस्तो जैव-सामाजिक संकट हामी मानव जातिकै कारण पैदा भएको कुरामा कसैको विमति रहेन ।
अन्तरक्रियामा आफ्ना बिचार राख्ने वक्ताहरूमा डा. शम्भु कटेल, शिवराज श्रेष्ठ, रनमकुमार लामा, आर.पी नेपालर पुण्यपरसाद रेग्मी, भरत राजदगिरी, डन. संग्राम पुरी, सूर्य बहादुर शाही, शिवराजआचार्य, विजयराज भट्टराई, डा. गिरी, खड्कराज पुरी, दामोदर गैरे, बासुदेव डल्लाकोटी, तपेश्वर शाह, लक्ष्मण पुरी, रामेश्वर श्रेष्ठ र उत्तम कडेल हुनुहुन्थ्यो ।
कार्यक्रम ठिक ११.३० बजेबाट शुरु भई ४.० बजे सम्पन्न भएको थियो ।
