ओझेल भित्रका सचेतना अभियान
No icon

नमस्ते टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा तिज मिलन कार्यक्रम सम्पन्न

नमस्ते टोल विकास संस्था, बुटवल १७ रानीगन्जले तेस्रो वार्षिक साधारण सभा तथा तिज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम भाद्र १ गते आइतवार नमस्ते टोल विकास संस्थाको सभा हलमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुनिता रास्कोटीको अध्यक्षतामा, बुटवल वार्ड नं १७ का अध्यक्ष ज्ञान बहादुर रेश्मीको प्रमुख आतिथ्यता रहेको थियो । साथै प्रमुख अतिथी रेश्मीले ब्यानरमा लेखेको अक्षर पढेर उद्घाटन गरेका थिए । सो कार्यक्रमा संस्थाका अध्यक्ष सुनिता रास्कोटीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका उपलब्धीहरुको समिक्षा गरेका थिए भने कोषाध्यक्ष झरना सुर्यबंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी प्रमुख अतिथी रेश्मीले बोल्दै रानीगन्जमा औधोगिक क्षेत्रले २६० बिगाहा क्षेत्रफल रहेको आफ्नो जग्गा सुरक्षित गरे पछि बाँकी अव्यवस्थित बस्ती नेपाल सरकारको जग्गा सरकारलाई नै फिर्ता गर्ने योजनाका साथ आफुहरु जिल्लामा छलफल गरेको बताए । त्यस लगतै लालपुर्जाको पहल हुने जानकारी गराउदै रानीगन्ज बस्तीलाई ढुक्क भएर बस्न आग्रह गरेका छन् । साथै विशिष्ट अतीथी जनप्रतिनिधि राम प्रसाद न्यौपानेले विकास निर्माणको क्रममा २०७४ सालको स्थानीय निवार्चन पछि यहाँका बाटोघाटो, विद्यालय साथै बस्ती कस्तो थियो अहिले कस्तो भएको छ, भन्दै हामी विकास निर्माणमा बल्ल अधि बढेका छौ र भूगोल, वर्ग, क्षेत्र हेरेर समान रूपमा वजेट व्यवस्थापन गरेको बताउदै महिलाहरुको महान पर्व हरितालिका तिजको शुभकामना व्यक्त गरेका थिए । यसैगरी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक प्रसाद न्यौपानेले रानीगन्ज क्षेत्रमा बितेका वर्षहरुको विकास निर्माणको तुलनामा अहिलेको विकास निर्माणमा धेरै अन्तर भएको बताउदै आगामी दिनमा वडाका जनप्रतिनिधीहरुलाई सानो बजेट नभएर निकासपूर्ण बजेटको आयोजना गर्न बिनम्र अनुरोध गर्दै महिलाहरुको पर्व तिजमा जे छ, जस्तो छ त्यसैमा सन्तुष्टि भएर पर्व मनाउन सुझाव दिएका छन । मन्तव्य राख्ने क्रममा यसै टोल विकास संस्थाका सल्लहाकार तथा भिन्तु ने. वा. समाजका अध्यक्ष पारु श्रेष्ठले अन्य टोल विकासको तुलनामा नमस्ते टोल विकास संस्थाले विकासमा राम्रै फड्को मारेको बताए, साथै आगामी दिनमा यस संस्थालाई अझै स्तर उन्नती गरेर लैजानु पर्ने बताउदै तिजको शुभकामना व्यक्त गरेका थिए त्यसै गरी मन्तव्य राख्ने क्रममा विशिष्ट अतिथि महिला जनप्रतिनिधी देवि थारु दंगोरिया, नमुना टोल विकास संस्थाका अध्यक्ष चिन बहादुर गुरुङ लगायतले मन्तब्य सहित शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा टोल संस्थाको बिकास निर्मााण कार्यमा उपभोक्ता समितिमा रहेर सहयोग पुर्याएका व्यक्तिहरुलाई सम्मान पत्र बितरण गरेका थिए भने वडा नं १७ का अध्यक्ष प्रमुख अतिथी ज्ञान बहादुर रेश्मी, सदस्यहरु राम प्रसाद न्यौपाने, तुलसी प्रसाद चौधरी, देवी थारु दंगोरिया र रेखा बि. क. लाई सम्मान स्वरूप संस्थाका अध्यक्ष सुनिता रास्कोटीले दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए । कर्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी, साथै अतिथीगणहरु सल्लहाकार तथा बिभिन्न टोल संस्थाका प्रतिनिधि लगायत सम्पूर्ण टोलबासी ,दाजुभाई, दिदीबहिनीहरुको उपस्थिती रहेकोले साधारण सभाको समापन पछी तिजको गितमा छमछमी नाचेर कार्यक्रम उत्साह पुर्वक सम्पन्न भएको थियो । सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष हरिलाल भुसालको रहेको थियो भने कार्यक्रम संचालन विजय पाईजाले गरेका थिए ।

Comment As:

Comment (0)