वार्षिक पुण्यतिथिको अवसरमा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण
रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर-११ निवासी एम.जी. क्लबका पूर्व कार्य समिति श्री.भीमबहादुर राना र कर्णबहादुर रानाका पुजनीय पिता स्वर्गीय जितबहादुर राना, ममतामयी माता स्वर्गीय कुमारी रानाको वार्षिक पुण्यतिथिको अवसरमा राना परिवारले खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम गरेको छन्।
उक्त खाद्यान्य हस्तान्तरण कार्यक्रम यही असार १३ गते शनिबारका दिन बुटवल ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा एम.जी. क्लबकाे सहकार्यमा गरिएको थियो। कार्यक्रममा क्लबका अध्यक्ष देवलाल अर्गालीले सदस्य श्री.भीमबहादुर रानाले गरेको पुण्य कार्यले स्वर्गीय माता पिताको स्वर्गमा सुख र आत्मालाई शान्ति मिलोस् भन्दै राना परिवार प्रति धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए।
.jpg)
उक्त कार्यक्रममा प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष श्री. तुलबहादुर सारू, विशिष्ट अतिथि श्री. डोलबहादुर रामदाम साथै श्री. भीमबहादुर राना रहेका थिए भने अतिथिहरू पविसरा राना, लक्ष्मी राना, निवर्तमान अध्यक्ष श्री. ओम बहादुर सारु, पूर्व अध्यक्ष श्री. रामबहादुर सिङ्गजाली,वरिष्ठ उपाध्यक्ष श्री. नीलबहादुर कंवर, महासचिव श्री.नीरबहादुर गाहा, कोषाध्यक्ष श्री. तुलबहादुर राना लगायत क्लबका अन्य सदस्यहरू सहित एम.जी. महिला समूहको पनि उपस्थिति रहेको थियो।
क्लबका अध्यक्ष श्री देवलाल अर्गालीको अध्यक्षतामा कार्यक्रम संयोजकत्व क्लबका वरिष्ठ उपाध्यक्ष श्री. नीलबहादुर कंवर रहेका थिए।
