ओझेल भित्रका सचेतना अभियान
No icon

आज देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरैजसो स्थानमा भारी बर्षा, बाढी तथा डुबानकाे सम्भावना

 

असाेज ८, बिहीबार।

अाज  देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित कुनै ठाउँमा हल्का, कुनै मध्यम, कुनै ठाउँमा भारी वर्षा भने कुनै ठाँउमाअति भारी वर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापीय क्षेत्र पश्चिमबाट उत्तर हुँदै पश्चिम तर्फ सर्दैछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । 

आज दिउँसो देशभरको मौसममा सामान्य देखि पुर्णतया बदली रहनेछ। देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ ।

मौसमविद प्रतिभा मानन्धरले आज र भोलि देशभरि नै वर्षा हुने, एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहने तथा केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाे साथै आज राती देशभरको मौसममा सामान्यदेखि पुर्णतया बदली रहने र धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएकी छिन्।

आज विहान मापन गरिएको रेकर्ड अनुसार बुटवलको तिनाउ नदीमा बाढी आउँदा जलसतहले खतराको बिन्दु पार गरेको छ । तसर्थ तिनाउ नदी तटीय क्षेत्र र आसपास क्षेत्र तथा होचा स्थानहरुमा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ । तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती जोखिममा परेको स्थानीयले बताएका छन् ।

उक्त रेकर्ड अनुसार नारायणी नदीमा बाढी आउँदा देबघाट बाढी मापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो अवस्थामा रहेको छ । जल सतह खतराको तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

पछिल्लो २४ घण्टामा सबै प्रदेशका धेरैजसो स्थानहरुमा भारी वर्षा भएको छ । यसका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 देशभर जारी वर्षा शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने मौसममा क्रमिक सुधार शनिबारबाट हुँदै जाने मौसमविदको भनाइ छ ।

Comment As:

Comment (0)