ओझेल भित्रका सचेतना अभियान
No icon

कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा धेरै मृतक इटालीमा

चैत ७, २०७६ विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ।  विभिन्न देशमा १ हजार ८० जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार ३१ पुगेको छ। तिब्र गतिमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटलीमा धेरै पुगेको छ। इटलीमा हिजो एकै दिन ४ सय २७ जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ।  चीनमा कूल मृतकको संख्या ३ हजार २ सय ४५ रहेको छ। चीनमा संक्रमितको संख्या अत्यन्त न्यून हुँदै जाँदा इटलीमा हिजो मात्रै ५ हजार ३ सय २२ नयाँ संक्रमित फेला परेका छन्।  हिजो इरानमा १ सय ४९, स्पेनमा १ सय ९३, फ्रान्समा १ सय ८, अमेरिकामा ५७, जर्मनीमा १६, बेलायतमा ४० जनाको मृत्यु भएको छ। २४ घण्टामा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २ लाख ४४ हजार ९ सय १४ पुगेको छ । संक्रमितमध्ये ८७ हजार ४ सय ८ जनाले उपचारपछि स्वास्थ्यलाभ गरेका छन्। 

 


ग्लोबल पब्लिक अफेयर्स, क्यानाडाका अनुुुसार कोरोना भाइरसरको आतंकबाट त्रसित बिश्वबासीलाई क्यानाडाको 'ग्लोबल पब्लिक अफेयर्स'ले कोरोनाबारे शुभ समाचार अभियान अन्तर्गत 'Morning Dose of Good News' मा १६ शुभ समाचार दिएको छ । यो शुभ समाचारलाई क्यानाडा निवासी मित्र Yam Ghimire ले अनुवाद गर्नु भएको हो ।

१. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो :opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्कएकी छिन् ।

५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुन: संचालनमा ल्याएको छ।

६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।

१३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

१५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

१६. अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।

 

Comment As:

Comment (0)