बिहीबार काेराेनाका थप १३४३ जना संक्रमित थपिए, १३ जनाकाे मृत्यु
मंसिर १८, बिहीबार। पछिल्लो २४ घण्टामा नेपालमा काेराेनाका थप १३४३ जना संक्रमित पुष्टि भएको छ । देशभरका विभिन्न प्रयाेगशालामा ९२८७ पीसीआर परीक्षणमा गर्दा १३४३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएकाे छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ । हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १३ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै, हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ ।
देशभर २ लाख २० हजार २७२ जना निको भैसकेका छन् ।
