बिहीबार काेराेनाका १६१४ जना संक्रमित थपिए, थप २३ जनाकाे मृत्यु
११ मंसिर, बिहीबार।
पछिल्लाे २४ घण्टामा काेराेना थप १ हजार ६१४ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयाेगशालामा ९४९१ पीसिअार परीक्षण गर्दा थप १६१४ जना संक्रमितथपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख २७ हजार ६४० जना पुगेकाे छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।
त्यसैगरी, अाज सक्रिय संक्रमितकाे संख्या १६ हजार ७९३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १हजार ४१२ पुगेको छ ।
