सुरक्षित आप्रवासन परियोजना सामिले वितिय साक्षरता र मनोसमाजिक परामर्श कक्षा बर्दघाटमा सञ्चालन गर्यो,
रामुभुसाल
नगरका दक्ष युवाशक्ति बैदेशिक रोजगारीका नाममा बाहिरिएको हु्दा आगामी दिनमा बैदेशिकरोजगारलाई निरुत्साहित गरि स्वदेशमै युवाहरु टिक्न सक्ने वातावरणको सृजना गर्न नगरलागिपरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभएको छ । सोमबारबर्दघाट ४ बाढिपिडितमा स्थानिय तहको नेतृत्व र ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९पञ्चनरद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामि कार्यक्रम अन्र्तगत वितिय साक्षरतार मनो समाजिक परामर्श कक्षा सञ्चालनका लागी समुह गठन कार्यक्रममा बोल्दै नगर प्रमुखबस्यालले सो कुरा बताउनुभएको हो ।
बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्तारविन्द्र विक्रम हमालको अध्यक्षता तथा नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यताएवं नगर उपप्रमुख माया देवी पौडेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दैनगर उपप्रमुख पौडेलले महिलाहरु पुरुषहरुको कमाईमा मात्र निर्भर हुन नहुने र स्वयंमहिला पनि आर्थिक उपार्जनमा लाग्नुपर्ने र त्यसका लागी बर्दघाट नरपालिकाले स्वरोजगारमुलक कार्यक्रमहरु अगाडी सार्दै उहाँहरु प्रति नगरको सदैव साथ र सहयोग रहनेबताउनुभयोे । सो अवसरमा बर्दघाट नगरपालिकाका रोजगार समयोजक जंग मल्ल, बर्दघाटउद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले मन्तब्य राख्नुभएको थियो ।
नेपाल सरकार र स्वीस सरकरको दुई पक्षिय समझौता अनुसार श्रम रोजगार तथा समाजिकसुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्वमा सञ्चालित सामि परियोजनाले सञ्चालन गर्नेगतिविधिका बारेमा ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्री सुवेदीले प्रकाशपार्नुभएको थियो । परियोजनाले नगर भित्रका वडा नम्बर ४, ८, १० र १२ का ४ स्थानमावितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्ने जनाएको छ । उक्त कार्यक्रमकोसहजिकरण सामी परियोजनाका समयोजक ज्ञानेश्वर भण्डारी र वितिय सहजकर्ता नारायणघिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा बर्दघाट ४ का जनप्रतिनिधि, संघ सस्थाकाप्रतिनिधि र बर्दघाट ४ को स्मृतीनगर र धौलागिरि टोलका बैदेशिक रोजगारीमारहेकाहरुको परिवारको उपस्थिती रहेको थियो । कार्यक्रममा कक्षा सञ्चालनका लागीवडाध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा ५ सदस्यिय कक्षा सञ्चालन समिति गठन गरिएको छ।

