ओझेल भित्रका सचेतना अभियान
No icon

साेमबार काेराेनाका १९८० जना संक्रमित थपिए, थप १६ जनाकाे मृत्यु

मंसिर ८, सोमबार​​​​​​।

पछिल्लाे २४ घण्टामा काेराेना भाइरसका थप १९८० जना संक्रमित देखिएको छन् । देशका विभिन्न प्रयाेगशालामा १०,३८१ जनाकाे परीक्षण गर्दा साे संख्यामा संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ। हालसम्म १६ लाख ७० हजार ४५६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

याेसँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

सोमबार सहित देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित रहेका छन् ।

सोमबार ३ हजार ४३ जना संक्रमित निको भएका छन् । भने हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म १३३७ जनाको मृत्यु भैसकेको छ ।

Comment As:

Comment (0)