मंगलबार काेराेनाका १४४२ जना संक्रमित थपिए, थप १२ जनाकाे मृत्यु
मंसिर ३, मंगलबार।
मंगलबार कोरोना भाइरसका १४ सय ४२ नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयाेगशालामा ६ हजार ७३१ पीसीआर परीक्षण गर्दा १४ सय ४२ नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यससँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । यस्तै, ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।
त्यसैगरी, मंगलबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ सय ५९ जनाको मृत्यु भइसकेकाे छ ।
