कञ्चनमा राहत सामाग्री संकलन कार्य जारी
कञ्चन प्याब्सनले दियो १ लाख भन्दा बढीको राहत सामाग्री
२८ चैत्र,कञ्चन, कञ्चनमा राहत सामाग्री जुट्ने क्रम जारी रहेको छ । बिश्वभर कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि नेपालमा पनि गत चैत्र ११ गतेमा गरिएको लकडाउनबाट प्रभाबित दैनिक ज्याला मजदुरी गरी खाने घरपरिवारलाई राहत उपलब्ध गराउन कञ्चनका बिभिन्न संघसंस्थाहरुले कञ्चन गाउपालिकालाई राहत उपलब्ध गराएका छन ।
कञ्चन गाउपालिकाले बिपन्न घरपरिवारको लागि राहत बितरणमा प्रभावकारी भुमिका खेलेको र बिषम परिस्थितीमा अभिभावकको भुमिकामा रहेका स्थानिय तहलाई सहयोग गर्नु सबै भन्दा ठूलो धर्म र महत्वपुर्ण कर्तब्य भएको भन्दै कञ्चनमा रहेका निजी तथा आवासिय बिधालयहरुको साझा संगठन कञ्चन प्याब्सनले करिब १ लाख १० हजार रुपैया बराबरको खाध्य सामाग्री उपलब्ध गराएको छ ।कञ्चन गाउपालिकालाई उपलब्ध गराएको राहत सामाग्रीमा चामल (सावा) १० क्वीन्टल,दाल १ क्वीन्टल ५० किलो,सोया तेल १ सय ५० लिटर,सरफ १ सय ५० प्याकेट,नुन १ सय ५० किलो,सोयाबोडी ३० किलो र हात धुने डिटोल साबुन १ सय ५० पीस रहेको कञ्चन प्याब्सनका अध्यक्ष मोहन सुनारले बताउनु भएको छ ।कञ्चन प्याब्सनका सदस्य बिधालयहरुबाट १ लाख २५ हजार नगद संकलन गरी १ लाख १० हजार रुपैया बराबरको राहत सामाग्री कञ्चन गाउपालिकालाई उपलब्ध गराइएको छ भने बाकी १५ हजार रुपैया प्याब्सन रुपन्देही मार्फत केन्द्रिय राहत कोषमा पठाइने अध्यक्ष सुनारले जानकारी दिनु भएको छ।
यस्तै कञ्चन ४ शिवालयचौकमा रहेको लालीगुरांस मन्टेश्वरी स्कुलले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित बनाउन कञ्चनवासीलाई राहत प्रदान गर्न भनि कञ्चन गाउपालिकालाई ५ सय पीस हात धुने लाइफ ब्वाय साबुन उपलब्ध गराएको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मन्टेश्वरी स्कुलले कञ्चन गाउपालिकालाई राहत सहयोग स्वरुप हात धुने साबुन उपलब्ध गराएको लालीगुरांस मन्टेश्वरी स्कुलका प्रिन्सीपल गणेश सुनारले बताउनु भएको छ।
