Hamro Goreto
चीनमा कोरोनापछि हन्ता भाइरस, एकको मृत्यु, ३२ जना संक्रमित
Monday, 23 Mar 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

 

 एजेन्सी  |  १ घण्टा अघि चैत ११, २०७६ एजेन्सी : चीनमा वुहान सहरमा कोरोना भाइरस नियन्त्रणमा आइसकेको अवस्थामा अर्को भाइरस देखिएको छ।  यसअघि पनि देखिएको हन्ता भाइरस चीनमा फेरि देखिएको हो। यो भाइरसका सोमबार चीनमा एकजनाको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला चीनमा केही वर्षअघि पनि देखिएको यो भाइरस देखा परेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काम सकेर सान्डोग प्रान्त फर्किरहेका एक व्यक्तिमा यसखाले भाइरस संक्रमण रहेको फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति सवार गाडीमा रहेका अन्य ३२ जनाकोसमेत चेकजाँच गरिएको छ।  भारतमा पहिल्यै हन्ता भाइरस देखा परिसकेको थियो। सन् २००८ मा भारतको तमिलनाडुमा यस भाइरसका रोगीहरुको पहिचान भएको थियो। त्यस समय यसबाट २८ जना संक्रमित भएका थिए।

खासगरी सर्प र मुसा शिकार गर्ने व्यक्तिमा यस प्रकारको संक्रमण पाइएको थियो। सन् २०१६ मा १२ वर्षीय एक बालकको यस रोगबाट मुम्बईमा निधन भएको थियो।