
एमसीसी विरुद्ध ९ राजनीतिक दलले संघर्ष गर्ने
अमेरिकासँगको विवादित सम्झौता एमसीसीको विरोधमा विभिन्न ९ राजनीतिक दलहरुले माघ २४ गते विरोध सभा गर्ने विज्ञप्ति मार्फत जनाएका छन्।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह,न नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण), नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का सहसंयोजक महेन्द्र शर्मा द्धारा हस्ताक्षरित विज्ञाप्ती मार्फत जनाईएको छ ।