Hamro Goreto
माघे सक्रान्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ : मन्त्री अर्याल
Saturday, 04 Jan 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

कला राना,

वालिङ २० पौष ।

नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले मगरहरुको पर्व माघे सक्रान्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन पहल गर्ने बताउनुभएको छ । नेपाल मगर जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना तथा नेपाल मगर वालिङ नगरसमितिको व्यवस्थापनमा आयोजित माघे सक्रान्ती शुभकामना आदानप्रदान तथा समसामुहिक पशिक्षण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जातियताका नाममा राष्ट्रियतालाई कमजोर पार्न खोज्नेहरुबाट सर्तक हुनुपर्ने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “नेपाल बुहल जाती, धर्म संस्कृति भएको मुलुक हो । हरेक जातजातिका पर्व, धर्मसंस्कारलाई सम्मान गर्नुपर्छ ।” कम्युनिष्ट पार्टीले जनजातिको उत्थान र प्रर्वद्धनका लागी परेको भन्दै जनजातिका नेताहरु विभिन् उच्च पदमा रहेको मन्त्री अर्यालको भनाई थियो ।

कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांण, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, नेपाल मगर संघ पुर्व केन्द्रिय उपाध्यक्ष रिना राना, प्रशिक्षक एवं नेपाल मगर संघ पुर्व केन्द्रिय महासचिव लोकबहादुर थापा, गण्डकी प्रदेशका नारायण थापा, मगर संघ स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष एवं सल्लाहकार तेजबहादुर आले, उमेशर दर्लामीलगायतले बोल्नुभएको थियो ।  मगर जातिको उत्पत्ति, मगर भाषा, धर्मको संरक्षण तथा प्रर्वद्धन, संविधानमा मगर समुदायको हकअधिकारका बारेमा प्रशिक्षक लोकबहादुर थापाले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणमा जिल्लाका ११ वटै पालिकाका ३०० जनाको सहभागिता रहेको थियो । साथै कार्यक्रममा मगरहरुको महान पर्व माघे सक्रान्तीलाई भव्य रुपमा मनाउने जनाएको छ । मगर जिल्ला समन्वयका अध्यक्ष लोकेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विनोद राना र सञ्चालन सचिव सागर थापाले गर्नुभएको थियो ।