Hamro Goreto
के गर्नु पर्ला दानापुर ताललाई अगाडी बढाउन ?
Friday, 03 Jan 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

ज्योती क्षेत्री
कञ्चन गाउपालिका वडा नं. १ अन्र्तगत पर्यटकिय क्षेत्रको मुख्य केन्द्रबिन्दुको रुपमा दानापुर ताललाई लिइएको छ । आवश्यक विकास गर्न नसक्नु, आर्थिक मन्दिजन सक्रियतामा कमि आदिका कारण उचित स्थान पाउन भने सकेको छैन ।
पूर्वाधार विकासका गतिविधिलाई प्रथमिकताको साथ अगाडी बढाएमा र पर्यटकका लागी आवश्यक सेवा र सुविधाहरु उपलब्ध गराउनुका साथै पर्यटन कार्यलाई नै व्यवसायिक रुपमा लिन सकेमा आयको मुख्य श्रोत बनाउन सकिने स्थानिय बताउछन् । 
यस कार्य अगाडी बढाउनका लागी गाउँपालिकाले आर्थिक विनियोजन तर्जुमा गरी पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने दीर्घकालिन लक्ष्य बनाउनु पर्ने, दानापुर तालको समृद्धिको लागी निरिक्षण समितिको गठन गरी दिगो विकासको काममा गाउँपालिकालाई केन्द्रित गर्ने अध्यक्ष मिन बहादुर थापा बताउनु हुन्छ ।