Hamro Goreto
बर्दघाटमा मुटु, मृगौला, दम, छाती रोग सम्वन्धि एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर
Sunday, 15 Dec 2019 00:00 am
Hamro Goreto

Hamro Goreto

टाइम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ बर्दघाट र रोटरी क्लब अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा गौतम वुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा मुटु, मृगौला, दम, छाती रोग र अन्य रोग सम्वन्धि एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर शनिबार दाउन्नेदेवी क्याम्पस बर्दघाटमा सम्पन्न भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अधयक्ष राजेन्द्र कार्की एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता तथा गौतम वुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमको विशिष्ट आतिथ्यतामा शिविर सम्पन्न भएको हो । सो अवसरमा अतिथि वरिष्ठ मुटु रोग विशेषज्ञय  समीर गौतम, दाउन्ने देवी बुमुखी क्याम्पसका अध्यक्ष विश्व प्रेम पाठक, क्याम्पस प्रमुख नरेश खनाल लगाएतको उपस्थिती रहेको शिविरमा १५ सय ९० जना व्यक्तिले लाभ लिएको आयोजकले बताएको छ । उक्त शिविरमा मुटु रोग विशेषज्ञय एमडि कारडी ओलोजिष्ट, मृगौलारोग विशेष एम डी नेफ्रोलोजिष्ट,जनरल फिजिसियन एम डी एम डी इन्ट्रनल मेडिसिन लगायतका स्वास्थ्यबाट निशुल्क इ.सि.जी. र इ. कोबाट मुटुरोगको परिक्षण, पि.एफ.टी बाट दम तथा छाती रोगको परिक्षण, रक्त परिक्षण तथा आवश्यक औषधीहरु समेत निशुल्क रुपमा वितरण गरिएको आयोजकले जानकारी दिइएको छ । टाइम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र प्रसाद उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव बोलराज नेपालले गर्नुभएको थियो ।