Hamro Goreto
भिमदत्त पन्तको ७३ औं स्मृति दिवस सम्पन्न
Tuesday, 04 Aug 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

 

मिति २०८३ साउन १८ गते नवलपुर जिल्ला शहिदनगर डाँडा स्थित दलित सामुदायिक भवनमा शहिद भिमदत्त पन्तको ७३ औं स्मृति दिवसका अवसरमा “नेपालको वर्तमान राजनीतिक परिस्थितीमा राष्ट्रियताको सन्दर्भ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । 

कार्यक्रममा–मार्क्सीय गुरुकुलका केन्द्रीय कार्य समितिका सचिव किशन शर्मा, उद्योगवाणीज्य महासंघ गण्डकी प्रदेश समितिका सदस्य केदार रिाजुली, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य भगिरथ भट्टराई, नेपाली कांग्रेस नवलपुर जिल्ला सदस्य कपिल देव भुसाल, पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाका कोषाध्यक्ष लोक प्रसाद भुर्तेल, रामराज पंडित, लेखक प्रसाद सापकोटा, भौतिकवादी समाज नवलपुरका सदस्य टेकराज भुसाल, प्रकृति–मानव केन्द्रित जन अभियान नवलपुरका अध्यक्ष विक्रम मल्ल, स्थानिय समाज सेवी मोहदत्तब् अधिकारी, नेपाली कांग्रेस कावासोती नगर सदस्य अर्जुन चालिसे, शहिद घनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, शहिद बाबुराम खनालका भाई गोकर्ण खनाल, चीरञ्जीवी पौडेल, मुनादेवि लम्साल, रेकम बि.क. लगायतले मन्तव्य राख्नु भयो ।

कार्यक्रमको आयोजना मार्क्सीय गुरुकुल, निर्मललामा स्मृति प्रष्ठिान, पुष्पलाल स्मृति प्रतिष्ठान, भौतिकवादी समाज नेपाल र प्रकृति–मानव केन्द्रित जन अभियान नवलपुरको आयोजनामा भएको यस कार्यक्रमको अध्यक्षता भौतिकवादी समाज नवलपुरका अध्यक्ष पूर्ण प्रकाश बिकले गर्नुभएको र सोम श्रीपालीले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवि, किसान, महिला लगायतको उल्लेखनिय उपस्थिती रहेको थियो ।