Hamro Goreto
पुनर्ताजगी तालिम सम्पन्न
Tuesday, 23 Jun 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

 

महिला उत्थान गाउँ समन्वय उपभोक्ता समिति,पूर्वखाेला गाउँपालिका-४, देवीनगर,पाल्पाले स्थानीय महिला समूहका अध्यक्ष र सचिवहरुका लागि तीन दिवसीय उद्घाेषण पुनर्ताजगीय तालिम मंगलवार देवीनगरमा सम्पन्न गरेकाे छ । 

समापन समाराेहका प्रमुख अतिथि स्थानीय जनप्रतिनिधि भुवन सिंजालीले महिलाहरुकाे क्षमता,दक्षता र याेग्यता अभिवृद्धि गर्दै उद्घाेषण गर्ने कलाकाे विकास गर्नका लागि उक्त तालिमकाे आयाेजना गरेकाे बताए । आगामी वर्षमा समेत महिला अधिकार र उत्थानका लागि वजेट विनियोजन गरिने प्रमुख अतिथि सिंजालीले प्रतिवद्वता जनाएका थिए । साथै उनले आफूले प्राप्त गरेकाे ज्ञान तथा सीपलाई आफ्नाे महिला समूहमा यथेष्ट प्रयाेग र कार्यान्वयन गर्न अनुराेध समेत गरे । 

साथै साेही कार्यक्रमका अतिथि भगवती रानाले महिलाहरु पछाडि पारिएका समुदाय भएकाले अघि बढ्नका लागि पूर्वखाेला गाउँपालिकाकाे आर्थिक सहयाेगमा सम्पन्न उक्त पुनर्ताजगी तालिमले आफ्नाे व्यक्तित्व विकास र समुहकाे संस्थागत विकासमा टेवा पुग्ने बताईन् । ज्ञान र सीपकाे प्रयाेग र अभ्यासले नै तालिमकाे परिणाम सकारात्मक आउने अतिथि रानाकाे तर्क थियाे । साे उद्घाेषण पुनर्ताजगी तालिमकाे सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङ र फाेटाे पत्रकार मनीष पन्थले गरेका थिए । 

समापन कार्यक्रममा तालिम सिकाई प्रभावकारी रहेकाे,आफूहरुले कार्यक्रम सञ्चालन अवधिमा देखेका वा भाेगेका समस्यालाई समाधान गर्ने उपाय हासिल गरेकाे र उद्घाेषणकलामा थप निख्खरता ल्याउने आशा र अपेक्षा राख्दै सहभागीहरुका तर्फबाट दिव्या सारु र सुमित्रा थापाले व्यक्त गरेका थिए । 

 समितिका सचिव चुनिसरा थापाकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन विष्णु घर्तिले गरेकी थिईन् ।