
नेपाल मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर राईका मगर निर्वाचित भएका छन्। काठमाडौंमा सोमबार सम्पन्न मगर संघ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा चार उम्मेदवारलाई पराजित गर्दै रक्षबहादुर १९६ मतसहित अध्यक्ष निर्वाचित भएका हुन्।महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए। निर्वाचित अध्यक्ष रक्षबहादुरका निकटतम् प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गरेका निर्वाचन मण्डलले जानकारी दिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगरलाई निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षतर्फ महिलामा सीता राना मगर, खुलामा कविराज मगर र तेजबहादुर आले मगर, सांस्कृतिकतर्फ दीपसागर मगर, मगर ढूटतर्फ हर्क आले मगर, मगर खामतर्फ जीवनप्रवेश रोकाय मगर र मगर काइकेतर्फ भीम मगर निर्वाचित भएका छन्।महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुन मगर र हिरूसरा राना मगर निर्वाचित भएका छन्। सचिवमा बिष्णुबहादुर राना मगर, झबीन्द्र थापा मगर र तारामाया थापा मगर निर्वाचित भएका जनाइएको छ।

संघको कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर निर्वाचित भएका निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्ती मगरले जानकारी दिए। महाधिवेशनबाट लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएका छन्।यसैगरी, सदस्यहरुमा जुनु पुन मगर, गिरमान गाहा मगर, रमेश पुन मगर, इन्द्र सारू मगर, रमेश थापा मगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित भएका छन्
नेपाल मगर संघको १३औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमिति :
अध्यक्ष - रक्षबहादुर रैका मगर
वरिष्ठ उपाध्यक्ष - टेक नामजाली मगर
उपाध्यक्ष - (महिला) सीता राना मगर
उपाध्यक्ष - (खुला) कविराज मगर
उपाध्यक्ष - (खुला) तेजबहादुर आले मगर
उपाध्यक्ष - (सांस्कृतिक) दीपसागर थापा मगर
उपाध्यक्ष - (मगर ढूट) हर्क आले मगर
उपाध्यक्ष - (मगर खाम) जीवनप्रवेश रोकामगर
उपाध्यक्ष - (मगर काइके) भीम रोकाय मगर
महासचिव - होमराज खपाङ्गी मगर
उपमहासचिव - (महिला) मन्जु थापा मगर
उपमहासचिव - सिद्धान्त गर्जा मगर
उपमहासचिव - खगेन्द्र पुन मगर
उपमहासचिव - हिरूसरा राना मगर
सचिव - विष्णुबहादुर राना मगर
सचिव - झबिन्द्र पुन मगर
सचिव - तारामाया थापा मगर
कोषाध्यक्ष - पूर्ण राना मगर
सह-कोषाध्यक्ष - गायत्री मगर
लेखा संयोजक - योवनकुमार राना मगर
निर्वाचन समिति संयोजक - धर्मबहादुर घर्ति मगर
खुला सदस्य - जुनु पुन मगर
खुला सदस्य - गिरमान गाहा मगर
खुला सदस्य - रमेश पुन मगर
खुला सदस्य - इन्द्र सारू मगर
खुला सदस्य - रमेश थापा मगर
खुला सदस्य - महेश राना मगर
खुला सदस्य - तारा राईका मगर
खुला सदस्य - लक्ष्मी मगर
लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरूलाई हार्दिक बधाई छ ।