Hamro Goreto
बेरुवामा टीम बिल्डिङ्ग तालिम
Monday, 18 May 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

पूर्णिमा महिला समूह,तिनाउ-३,बेरुवा- पाल्पाले आफ्ना सदस्यका निम्ति टीम बिल्डिङ्ग तालिम साेमवार सम्पन्न गरेकाे छ । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र सहकारीकर्मी बेनप्रसाद थापाले समूह सञ्चालन तथा व्यवस्थापन,टीम व्यवस्थापन,सम्बन्ध स्थापना,नेतृत्व,समन्वय तथा सहकार्यका विधि,याेजना तर्जुमा, कार्ययाेजना र कार्यान्वयन प्रक्रिया, समूहमा समृद्धि र आर्थिक गतिविधिका विषयमा सहजीकरण गरेका थिए । 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ कार्यपालिका सदस्य पम्फा मगरले संस्थागत विकास, सशक्तिकरण,क्षमता अभिवृद्धि र सचेतीकरणका लागि टीम बिल्डिङ्ग तालिम प्रभावकारी रहेकाे बताउँदै आफूले तालिमबाट प्रशस्त नयाँ कुरा सिक्न र जान्न पाएकाेमा खुसी व्यक्त गरिन् । उनले महिलाहरु पछाडि पारिनुमा महिला अग्रसरता र पहुँचकाे अभाव समेत ठहर गरिन् । तालिमले नयाँ कुरा सिक्नमात्र हैन ,जाेश, जाँगर र उमङ्ग पनि भर्ने जानकारी दिईन् । तालिममा सहभागीहरुमध्ये सिर्जना आले,सीता सर्वुजा,धनमाया तरामी र अस्मिता बरैले पूर्णिमा समूहकाे सबल पक्ष,सुधार्नुपर्ने पक्ष, अवसर र समस्या चुनाैती विषयमा प्रिजेन्टेसन गरेका थिए। 

जीवनमा आफूहरुले गाउँमै बसेर फरक खाले तालिम लिई नाैलाे अनुभव हासिल गरेकाे सुष्मा आले,सीता राना र गाेमा थापाले बताए । उनीहरुले समूहसँग थप जीवनाेपयाेगी तथा उत्प्रेरणमूलक तालिमकाे अपेक्षा गरेका थिए । समूहकी सचिव माया तरामीकाे सञ्चालन र अध्यक्ष मीना सर्वुजाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।