
नेतृत्व विकास तालिम साेमवारदेखि तिलाेत्तमा नगरपालिकाकाे वडा नं.१३ मडाह गाउँमा सुरु भएकाे छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा वडाभित्र रहेका आदिवासी ६० जना जनजातिहरुकाे सार्थक सहभागिता रहेकाे छ ।
तालिमकाे उद्घाटन गर्दै तिलाेत्तमा नगरपालिका वडा नं.१३ का वडाध्यक्ष नारायण ढकालले आदिवासी जनजाति काे क्षमता विकास गर्नका लागि आफ्नाे वडा कटिबद्ध रहेकाे बताउँदै साेही अनुसारकाे वजेटिङ्ग गरिएकाे बताए । संविधानले व्यवस्था गरे अनुसार समावेशिता र पहुँचकाे अवसरले नै जनजातिहरु अघि बढ्न सम्भव भएकाे उनले बताए ।
तालिममा नेतृत्वकला, उद्यमशीलता, बैठक व्यवस्थापन,प्रतिवेदन लेखन, उद्घाेषण एवम् भाषणकला र क्षमता अभिवृद्धि सम्बन्धि विषयवस्तुमा दलबहादुर गुरुङ,गीतारानी बलाल र मन थापाले सहजीकरण गर्दै आईरहेका छन् ।
हाेमबहादुर छन्त्यालकाे अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्रकाे सञ्चालन वडा सञ्जाल टाेल विकास संस्थाका सचिव रुद्र तिवारीले सञ्चालन गरेका थिए ।