Hamro Goreto
सिमसारको सन्देश
Tuesday, 14 Oct 2025 23:30 pm
Hamro Goreto

Hamro Goreto

 

पानीको सतहमा झल्किन्छ

 जीवनको मुहार त्यो सिमसार, 

जहाँ आकाशले पृथ्वीलाई अँगालो हाल्छ।

चराचुरुङ्गीको गुनगुनाहट, माछाको लहर,

र कमलको फुलमा नाच्ने सूर्य किरण ।

यही हो सजीवता।

 

सिमसार केवल पानी होइन,

यो हाम्रो श्वास, हाम्रो पहिचान,

प्रकृतिको हृदय हो जसले मौसम,

 माटो र मनलाई जोड्दछ।

अरूले भुल्दा पनि, 

यसले निरन्तर हामीलाई अक्सिजन, 

अन्न र आशा दिन्छ।

 

तर कहिलेकाहीँ हामीले यसलाई बेवास्ता गर्छौं,

सुक्खा माटोमा सपना हराउँछन्,

तैपनि सिमसार मौन रहेर भन्छ ।

म फर्कन सक्छु, 

यदि तिमीले माया गर्न सिक्यौ भने।

 

अब समय आएको छ ।

हाम्रो साझा भविष्यका लागि सिमसार जोगाउने,

स्थानीय माटो, सीप र समुदायको बलमा

पानीको हरेक थोपा फेरि जीवन बनाउने।

 

सकारात्मक सोच यही हो ।

सिमसार जोगायौं भने, 

हामीले पृथ्वी जोगायौं।

र पृथ्वी बाँच्दासम्म

,

मानवता कहिल्यै मर्दैन। 

 

 

लेखक:याम बहादुर थापा मगर