Hamro Goreto
खुद्रा किराना व्यवसायी संघ मोतीपुरको क्षेत्रगत भेला तथा अधिवेशन कार्यक्रम सम्पन्न
Saturday, 05 Jul 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

 

 

खुद्रा किराना व्यवसायी संघ बुटवल रुपन्देहीको रागीगञ्ज मोतीपुर क्षेत्रगत भेला तथा अधिवेशन असार २१ गते शनिबारको दिन एक कार्यक्रम बीच सम्पन्न भएको छ। सो कार्यक्रम मोतीपुर क्षेत्रगत संयोजक छवि रासकोटीको अध्यक्षता तथा खुद्रा किनारा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै संस्थाका जिल्ला सल्लाहकार कृष्णप्रसाद पाण्डेले तरकारी व्यवसायको लागि विभिन्न ठाउँमा हाटबजार सञ्चालन गरेपनि ठेकेदारलाई 50/75 रुपैयाँ तिरेर प्रायजस्तो हाटबजारमा किराना सामान बिक्री गर्दै आएकोले सटर भाडा तिरेर व्यापार गर्ने खुद्रा किराना व्यवसायीहरू मारमा परेको बताएका थिए। यसै विषयलाई लिएर दिगो व्यवस्थापनको लागि नगरपालिकामा पटकपटक आग्रह गर्न गएपनि नगरपालिकाले बेवास्ता गरेको बताए , साथै यहाँका टोल विकास र टोलका व्यवसायीहरूले नगरपालिकासँग समन्य गरेर अब हाटबजारमा विशुद्ध तरकारी व्यवसायी मात्र हुनुपर्छ भन्ने आवाज उठाउन सुझाव दिएका छन्। यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पोख्रेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद न्यौपाने, मोतीपुर क्षेत्रगत संयोजक छवि राजकोटी, सचिव कृष्ण कुमारी पाण्डे, लगायत अन्य व्यक्तिहरुले व्यवसायी सम्बन्धी आ-आफ्नो विचार व्यक्त गर्दै नयाँ क्षेत्रगत समिति गठन टीमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै उक्त कार्यक्रममा बुटवल १७ ,१८ ,१९ को क्षेत्रगत भेला बुटवल १७ रानीगन्ज नमस्ते टोल विकास संस्थाको भवनमा नयाँ क्षेत्रगत समिति गठन भएको थियो, जसमध्ये संयोजक श्री कमल बस्नेत, सह-संयोजक श्री दमोदर पाण्डे, सदस्य सचिव श्री कृष्ण कुमारी पाण्डे, सदस्यहरु बिमला तिवारी ,सुन्दर थापा, कालिका देवी पन्ट, शालिग्राम खड्का रहेका छन्। साथै नयाँ समिति गठनपछि सल्लाहकार छविराजकोटी, दिनेश भुसाल, गिरीराज बस्ती रहेका छन्।सो कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष , वरिष्ठ उपाध्यक्ष, संगठन विस्तार संयोजक, सह सयोजक, सल्लाहकार, तथा महासचिव,सह सचिव, लगायत सदस्यहरु र किराना व्यवस्थीहरूको उपस्थिति रहेको थियो ।