Hamro Goreto
राजनीतिबाट दिक्क, व्यापारमा ठिक्क
Tuesday, 10 Jun 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

टिपी  पुन

नवलपरासी, सुनवलका लोक बहादुर कुंवर क्षेत्रकिा वयले बहत्तरमा सयर गदैंछ । उनका नयन वरिपर िअतित फन्फनी नाचिरहन्छन् । मानिसका आचाारणमा फेरवदल भयो । भौतिक स्वरुपमा परिवर्तन आयो । राजनीतिक दलहरुका कार्यनीतिमा परिवर्तन भयो । नेताहरुका जीवन शैलीमा नसोचेको रुपान्तरण भयो । हिजो उनले सोचेका सपना, लिएका लक्ष्यमा एकाएक यो परिवर्तन आएको देख्दा उनी छाँगाबाट खसेझै हुन्छन् । उनले सेल्टरमा संरक्षण दिएर राखेका नेताहरु सत्तामा पुगे । आखिर, सर्वहारावादी त नारामा मात्र पो रहेछ । हो, उनले अचेल यही सोचेका छन् । यी सबै दृश्यबाट प्रताडित उनलाई राजनीतिप्रति खासै मोह समेत छैन । 

पाल्पा जिल्लाको डल्का गाउँमा नील बहादुर र बालकुमारीका दम्पत्तिले उनलाई राइला सन्तानको रुपमा जन्म दिएका हुन् । किशोर कालसम्म त्यही हुर्केका उनले पाल्पाकै कुसुमखोला प्रा.वि.मा ६ कक्षासम्म अध्ययन गरे । २०२३ सालमा भैरव जनता मा.वि बाट एस.एल.सी उत्तिर्ण गरे । तयसपछि सोही विद्यालयमा तीन वर्ष पढाउन थाले । 

अठार वर्षको उमेरसम्म उनले पहाडमै व्यतित गरे । २०२६ सालदेखि २०२७ सम्म भैरहवामा परिवार नियोजन संघमा खरदारको जागिर खाए । २०२८ सालतिर राष्ट्रिय जनगणनामा सहायक निरीक्षक भई नवलपरासी जिल्ला आए । २०२८ सालदेखि २०३१ सम्म पुनर्वास योजनामा नासु लेखापालको जागिर खाए । पछि पुर्नवास बसोवास नामाकरण भयो । बुटवल प्रधान कार्यालय थियो भने शाखा चाहि नवलपरासीको बडेरा र धनेवामा । 

२०३१ सालको अन्तिमतिर उनी शिक्षण पेशामा प्रवेश गरे । ८ वर्ष जति परासीमा पढाए÷०३९ देखि ०४५ सम्म सुनवलस्थित मकहाकवि देवकोटा मा.वि. मा पढाए । २०४६ देखि ०५७ सम्म जनसेवा नि.मा.वि मा पनि अंगेजी, सामाजिक, गणित र भूगोल विषय पढाए । 

भारतको बनारसबाट आइ.ए उत्तर्णि यीनले अन्य स्थानमा कर्मचारीको रुपमा गरेको काम भन्दा शिक्षण पेशाबाट बढी सन्तुष्टि मिलेको बताउँछन् । कर्मचारीको रुपमा काम गर्दा हाकिमलाई ज्यू हजुर, तलकालाई तँ भन्नुपर्ने, बढी गफ गर्नुपर्ने तर शिक्षणमा बौद्धिकता अझ तिखारिने उनको ठम्याइ छ । 

सुरुमा उनले जागिर खाँदा मासिक ३० रुपैया बुझ्थे । हाल चाहिँ पेन्सनबाट नै ११ हजार पुगिसक्यो । नयाँ शिक्षा योजना लागु हुनुअघि गाउँलेले नै रकम संकलन गर िशिक्षकका तलव खुवाउँथे । कहिले त ५÷६ महिनासम्म समेत तलव पाएका हुन्थेनन् । 

राजनिितमा संगठितः 

सुरुदेखि नै अरुलाई शोषण गर्नुहुन्न आफै परिश्रमी बन्नुपर्छ भन्ने प्रवृति थियो, उनको परासीको मेगुर यादव र बडेराका लाल बहादुर वि.क ले नै उनलाई हरियालीमा संगठित गरेका हुन् । उनले निवेदन प्राप्ति पश्चात उनीहरुले नै नेकपा मालेको सपथ खुवाएका हुन् । जीवन आश्रितसँग उनको सम्बन्ध राम्रो थियो । २०२५ सालतिर आश्रितले नै बलराम उपाध्ययलाई चिठी लेखे । बनारस गएर देखाउँदा बलरामले नै फाराम भर्ने कार्य गरी पठनपाठनको व्यवस्था मिलाइदिए । 

 बनारसमा छँदा उन ितीनरात आश्रितसँगै बसेका थिए । उनैका विश्वासिलो कमरेड भनी चिठी लेखिदिएकाले पुष्पालालसँगै समेत एउटै कोठामा बसेर कुराकानी गर्न पाएका थिए । बनारसमा समेत पञ्चायती व्यवस्थाले उनको कार्यालयमा गुप्तचरहरु पठाउने गथ्र्थाे । पुष्पलालको धेरै चिया पिउने लत भएकाले उनले होटलबाट ल्याएर खुवाउनुपथ्र्याे । 

२०३० सालतिर जीवराज आश्रित मोदनाथ प्रश्रित र मदन भण्डारीले पुष्पलालको संगत छाडी मुक्ति मोर्चा गठन गरे । कहिले भने पुष्वपलाललाई साथ दिइनै रहे । यही साल आ।ितले पुष्पलालका पुराना कार्यकर्ता खोज्दै हर्दियाचापमिा लोक बहनदुर कुंवरलाई भेट गर्न भनी आइपुगे । उनाका दम्पत्तिले समेत आश्रितको मुक्तकण्ठले प्रशंसा गदै भनेः– उहाँ साना ठुला सबैसँग मिल्नुहुन्थ्यो । केटाकेटीसँग मिलेर कविता लेख्ने बुढाबुढीसँग मिलेर ढिकी कुट्ने, खाना पकाउने, भाडा माझ्ने गर्नुहुन्थ्यो । खेतमा जाँदा धानका बिटा आफै उठाएर बोक्नुहुन्थ्यो । मिठो बोल्नुहुन्थ्यो । अत्यन्तै नै सुशील हुनुहुन्थ्यो, उहाँ ।

आश्रित पछि सो क्षेत्रमा पार्टीले गोपाल शाक्यलाई खटायो । उनको भुमिगत नाम विक्रम, विकास थियो । ती नेताहरु राती आई लोक बहादुरका निवासमा रातभर गुनगुन कुराकानी गर्थे । सबेरै झिसमिसेमै उठेरै जान्थे । छिमेकीले निकै चियो चर्चा गर्ने गरेको उनले बताए । 

गोपाल शाक्य झोला भिरेर एक्लै मूल बाटो छाडी जंगलबीच हिड्दै थिए । गस्तीका प्रहरीसँग जम्काभेट हुँदा मुठमेड भयो । उनले लोक बहादुरकोमा जाने हो भनेछन् । मुठभेडमा गस्तीका प्रहरीलाई खुकुरीले घाइते गरी कुलेलम ठोकेछन् उनैले सुरक्षित साथ बस्नुहोला भनी लोकबहादुर कहाँ समाचार पठाए । त्यसपछि लोक बहादुरले वर्ग संघर्ष, मुक्ति मोर्चा नस्ता पार्टीका मुखपत्रहरु परालका टौवामुनि खाडल खनेर गाडे । उनलाई जिल्ला प्रहरी कार्यालय, परासीमा लगेर एक रात राखे पनि आवश्यक प्रमाण प्राप्त नभएकोले रिहा भए । 

काम गरिखानेको दिन ल्याउने, मुक्ति प्राप्ति गर्ने र स्वाधिन नेपालको स्वाभिमान नागरिक बनी जिउने अभिलाषा बोकेर कम्युनिष्ट पार्टीमा समर्पित भए उनी जस्ता थुप्रै त्यो क्षण उनी कदापी भुल्न सक्दैनन् –२०३३ सालतिर पार्टीका दस्तावेजहरु बोकेर स्व.सुवेदार गंगा रानाभाट, हर्दियचापीकै दुर्गा क्षेत्री र यिनी कीर्तिपुरको जंगलमा आईपुग्दा भेरी लाइट बाल्दै गाडी आइपुग्यो । गंगा रानाभाटले आर्मीको हो भागौं भन्दा तीनजना तीनतिर दगुरे । जुनेली रातमा खोला पारी हाम्रै साथी ठिङ्ग उर्भिको देख्दा दुश्मन भन्दै झण्डै खुकुरीले आपसमा बजाएका थिए । 

यिनै दुःख सास्तीले हुर्काएका तत्कालनि माले हालको एमाले बनेको छ । सेन्टरमा आउने नेताहरु मन्त्री समेत बने । यिनी भने निराश भइ राजनिितबाट सन्यासी झै बनेका थिए । एमालेले अब आफ्ना कार्यकर्तालाई नवौ महाधिवेशनबाट आर्थिक उपार्जन हुने पेशा व्यवसायतिर लागने निित अवलम्बन गदैछ । यो कुरा लोक बहादुरले उहिल्यै बुझेका थिए । 

बाइस वर्षको उमेरमा केशकुमारसिँग घरजम गरेपश्चात सुखदुःखमा उनैले साथ दिइन । चार सन्तान मध्ये तीन जना व्यापार व्यवसायमा संलन भइ प्रगति गरेका छन्, एउटी छोरीलेसमेत असल घरजम गरेकी छिन् । नाति नातिनीका समेत मुख देख्न पाउँदा मनले सन्तोष मान्दोरहेछ । 

२०३५ सालमा हर्दियाचापीबाट सुनवल चौराहामा बस्दै आएका छन् । श्रीमतीसँग सुनको औंठी बनाउन भनी बुटवल जाँदै थिए । भैगो बरु व्यापारीतिर लगानी गरौं श्रीमतीले फ्याट्ट भनिन्, श्रीमानले समेत खुरुक्क मानिहाले । त्यसपछि किराना पसल सञ्चालन गरे । जसलाई अझसम्म निरन्तरता दिदै आएका छन् । अध्ययन र लेखनमा अभिरुचि भएकाले फुर्सदमा किताब, कलम समाउन छुटाउँदैनथे । पञ्चायत कालमा उनको पार्टि भूमिगत छँदा अध्ययन गर्न भ्याएका प्रश्रितका ‘देवासुर संग्राम’ राहुल सक्रियतामा बामपन्थी विचारधाराका लेखहरुका कृति, गोर्कीका ‘आमा’ किन इलसुङका रचनाहरु र माओका रेडबुकका खुराकले नै उनमा राजनीतिक चेतको ढकनी खोलिदिएको थियो ।