Hamro Goreto
आठौं एनभीए भलिबलः पुरुषतर्फ हेल्प नेपाल, महिलातर्फ एभरेष्ट विजयी
Friday, 22 Mar 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । 

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ सेटले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७ र २२-२० ले जितेको हो । 

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस तेस्रो बने । महिलातर्फ फाइनलमा एभरेष्ट भलिबल क्लब बुटवलले उपाधि जित्यो । एभरेष्टले फाइनलमा पुलिसलाई हराएको थियो ।