Hamro Goreto
चौथो टाइगर कप पुरुष भलिबलकाे उपाधि हेल्प नेपाललाई
Friday, 19 Jan 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले हात पारेको छ। याेसंगै हेल्प नेपालले टाइगर कपमा पहिलो पटक उपाधि हात पारेको हो।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि हात पारेको हो।

हेल्प नेपालले सुरुका दुइसेट २५–१३ र २५–१८ ले जित्यो । तेस्रो सेट गण्डकी प्रदेशले २५–२३ जितेको भएपनि चौथो सेटमा पुन हेल्प नेपाल हाबी हुँदै २५–१७ को जित निकाल्यो।

उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल हात पार्‍यो। उपविजेता गण्डकीले २ लाख५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ। 

फाइनलमा भिडेका दुवै टिमले ३–३ जना विदेशी खेलाडी टिममा सहभागी गराएका थिए। हेल्प नेपालसँग ३ जना पाकिस्तानी र गण्डकी प्रदेशसँग ३ जना भारतीय खेलाडी थिए।

यसअघि शनिबार बिहान भएको महिलातर्फको फाइनल खेलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको छ। योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो।

एपीएफले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एफीएफले न्यू डायमण्डलाई २५–२०, २५–१८ र २५–२१ ले हरायो।

उपाधिसँगै एपिएफले पाँचलाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ। यसअघि एपीएफले दोस्रो र तेस्रो संस्करणमा पनि उपाधि जितेको थियो। उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ।