Hamro Goreto
नेपाल मगर संग सैनामैना ७ को तेस्रो अधिवेशन सम्पन्न
Sunday, 09 Jan 2022 00:00 am
Hamro Goreto

Hamro Goreto

 
नेपाल मगर संघ, सैनामैना वार्ड न. ७ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रम राष्ट्रिय मावी सप्पन्न भएको छ। कार्यक्रम सैनामैना नगर समिति का सदस्य भिमसेन पुन ज्युको अध्यक्षता, नेपाल मगर संघ, सैनामैना का पुर्ब सचिवालय सदस्य कमल रानाको प्रमुख आतिथ्यता, नगर सल्लाहकार टेक बहादुर छन्त्याल, समाजसेवी दिल बहादुर थापा, नेपाल मगर महिला संघ, सैनामैना का उपाध्यक्ष रिता कुमारी अर्मजा लगायतको आतिथ्यतामा भएको थियो । नेपाल मगर संघ, सैनामैना ७ को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बाट मीन बहादुर श्रीस को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्ष देउरुपा थापामगर, सचिव टिका कुमारी पुन, सह-सचीव चित्र ब. थापा, कोषाध्यक्ष फत्त ब. पुन र सदस्यहरुमा हरिकला झेडिमगर, टिपोलामाया छन्त्याल, कोपिलादेवि थापा, जुना राना, जुना पुन , कृष्ण ब. सिन्जाली, शेर ब. राना , शिव ब. घर्ती , पुस्पा थापा , थम्मन घर्ती , इन्द्र ब. घर्ती र तारासिंह रेश्मी रहेको बताइएको छ 
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथी कमल राना मगर ले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा अतिथि दिल ब. थापा, रिता कुमारी अर्मजा र प्रमुख अतिथी कमल राना ज्यु ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम तुल ब. गलामिको स्वागत तथा कृष्ण बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो।