Hamro Goreto
साेमबार काेराेनाका थप १०१४ जना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु
Monday, 07 Dec 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

२२ मंसिर, सोमबार। 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

२४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २७ हजार ४३३ स‌ंक्रमणमुक्त भएका छन् । भने संक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

आज कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ ।