Hamro Goreto
ब्याक नेचरमा एक रात
Monday, 23 Nov 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

तिलक पुन

पामेको हर्पन खोला तरेपछि गिरिम गाउँ आउँछ । गिरिमबाट नाकै ठोकिने उकालो पौने घण्टाजति उक्लिने हो भने ब्याक नेचर टेन्टेड एण्ड हाइकिङ क्याम्प आइपुग्छ । खुर्खुर्ती हिँड्न सक्नेलाई भने आधा घण्टाको समय पोखराको हल्लनचोकदेखि पामेसम्म सात किमि यहाँबाट पामेलाई माइक्रो बस छुटिरहन्छ । पामेबाट दुई किमिको दूरीमा अवस्थित छ, गिरिम तुलबहादुर दर्लामी र म गिरिम पुग्दा साँझको ६ बज्नै लागेको थियो । डाँडाखर्कबाट डम्बर पुर्जाले मनोज तामाङलाई मुन्तिर आर्लन खटाएछन्। हामी दुई बाइकमा गिरिम पुग्दा उनी भर्खरै ओर्लेर हामीलाई प्रतीक्षा गरी बसेका थिए । बाटो मास्तिका ब्राहमण जातिका घरमा बिहे भोज चलिरहेको थियो । मनोज तुलबहादुर भाले लिन भनी अलि परका घरतिर लागे । गिरिममा बाटैनेर पुरानो डुंगालाई ढुंगाले अड्याएर राखिएको थियो । कसरी बसे होलान् डुंगा खिचाउने व्यक्ति तिनै डम्बर पुर्जाले पन्ध्र सय रूपैयाँमा खरिद गरेका यही काठे बोर्डमा अक्षराड्ढन गर्नलाई केही दिन लागे । 
मेरो स्यालरीबाट भाई टेक पुन र विनोद थापामगरलाई पठाएको थिएँ । त्यहाँ मलाई देख्ने बित्तिकै एक बालिका र उनकी भाई झुम्मिन आइपुगेपछि अर्की पनि आइन्, दाइ हाम्रा फोटा खिच्नुस् न ? म अचम्मित भएँ । अंकल नभनेर के को दाइ ? भर्खरकी भए त कोही अंकल भन्दा रिसाउलान् भनेर यस्तो जुक्ति समेत निकाल्न सक्थिन् । परन्तु, उनको यो आग्रह मलाई अस्वाभाविक लाग्यो । थामको मुहार पुरै डाँडाको टाकुराले छेकिरहेछ । चार बजे पोखरा छाड्ने कार्यक्रममा पौने पाँचतिर मात्र उनी आएका थिए । मगर भाइहरूले काटकुट गरेका बंगुरका भुटुवामा जिब्रो खेलाउँदा उनी ढिला आएछन् । अलि मास्तिरको चौतारीमा सुस्तै आउँदा झमक्क परिसकेको थियो। उक्लने, बाटामा ढुंगाका छपर्न भइदिए कस्ता सहज हुन्थ्यो होला । 
वनमा झ्याउँकिरीहरूले हामीसँग संवाद गर्न थाले हामी चाहि विनाप्रवाह आफ्नै सुरमा फोक्सो फुलाउँदै गन्तव्यतर्फ लम्किर¥यौं । स्वागत गर्नलाई डम्बर भाइ आइपुगे पहिलोपटक उनीसँग परिचय साथ साक्षात्कार भयो । मुन्तिर निकै पर फेवा ताल कालो पर्दामा लुकेकी थिइन् फेवामा डिलनेरका बस्तीमा भने बिजुलीका चमकहरू पिलिक–पिलिक गर्दै थिए । हाम्रा आगमनमा अग्रीम सूचना प्राप्त गरेका बनेली पंक्षीहरूले कोकिल राग अलापिरहेका थिए । यिनै चरीसँग नै मितेरी गाँसेर धेरै लोकगायक गायिकाहरूले सुसेली हालेका छन् । हिजो शुक्रबार मात्र दशवर्ष अघि परिचित क्यानडेली जोडी लिएर डम्बर यहाँ आएका हुन् । यो कटेज रिसोर्टमा उनी र उनका भाइ डेम पुर्जाको लगानी छ । डम्बरले काठमाडौंबाट आउँदा कुक रूद्रबहादुर श्रेष्ठलाई पहिलो चोटि ल्याएका रहेछन् । 
लोकल अर्गानिक खाना, यो कटेज रिसोर्टले आगन्तुक पाहुनालाई आनै बारीका उत्पादन चखाउँछ । रासायनिक र विषादीको पिरलोबाट मुक्त भइन्छ । सञ्चालकले पामेमा भएको आनै खेतबारीको झिनुवा चामलको भात खुवाउँछ मगमग बास्नाद्वारा भान्सामा पाकिरहेछ । कुकको पकाइ पनि तारिफ गर्न लायकका । न धेरै चिल्लो, पिरो र मसलाद्वारा सबथोक ठिक्कको अनुपातमा मिलाएका पे्रसर हुनेहरूलाई समेत चर्काे होला भनि तर्सनु पर्दैन उकालो चढेर आएको हँुदा पाचन शक्तिमा समेत ऊर्जा बढ्छ यहाँको चिसो हावापानीको खाना हजम गर्नै अर्को विशेषता अलि मास्तिरको मूलको शुद्ध पानीलाई पाइपको माध्यमद्वारा ल्याइएको छ । अझ डम्बरका तिलस्मी वर्णनले त प्यास नलाग्दा पनि पानी खाउँखाउँ लाग्छ । छेवैका दक्षिणतिर क्यानाडेली दम्पती बसेका छन् । खैरेले सिड्डै रोयल स्टायगका बोतल लिएका छन् । परन्तु लिमिटमै केही समय घुटुक्क पारे । नशाका तालमा लट्ठिएर उनी एक रति उत्तेजित भएनन् । हामी बीच परिचय आदानप्रदान भयो । यति कष्टसाथ आएको यस स्थानमा आजको रात उल्लासका मसाथ तरंगित पार्नुपर्छ । सांसारिक दुःख बिर्सनुपर्छ मनका पाना खुला पार्नुपर्छ । यही मान्यतालाई सहर्षे स्वीकार ग¥यो । डम्बर भाइले स्टाफ भाइहरूलाई नाचगान गर्न आँवान गरे खैजडी र मादल लिएर उनीहरू क्याम्प फाइरतिर ओर्ले बूढा कुइरे भने रुमतिर लागे । कुइरिनी चाहिँ उनलाई छाडी रमाइलो गर्न आइपुगिन् । 
डम्बरले तुलबहादुर र मलाई गीत आरम्भ गर्न आग्रह गरे मगर सांस्कृतिक मञ्चका सचिव तुलबहादुर जीले गर्नुहन्छ भनी उम्किएँ । उनले चाहिँ मादल भिरेर घिनघिन घिन्तान पो गर्न थाले । युवा भाइ रूद्र र मनोजले गीतको उठान गरे जोशको पारो चढ्दै गएपछि मन थाम्नै सकिनँ । पुरानो गीत झिक्दै कुइरेनीसँगै फन्फनी नाचें । यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो मगमग चल्यो बासना झिँगटाले हानु कि अंकुसीले तानु कि यो नानीको शिरै ढल्केको यसै मलाई नहुने, उसै मलाई नहुने लाइदिऊँ के रे रन्ने मोहनी चोली दिऊँला मखमली सारी दिऊँला फाइबर मै हुँ कान्छी रेलको ड्राइबर ओहो यी विदेशी त कस्तो झट्किएर फन्फनी नाचेकी छरितो तालमा मोरीले एकै नजरमा कस्ती टिपेकी निमेषभरमै उनीहरू अनुकरण गर्नमा पछि पर्दैनन् । केही समय यो बोलको गीत औधी जम्यो त्यसपछि भने सिमसिमे पानी वारि जमुना यस्तै–यस्तै अनगिन्ति भाकामा रूद्र भाइ त साँच्चिकै कलाकार पूर्वेली र काठे भाकामा समेत उनको स्वर माझिएको हत्केलाले खैजडी ठोक्दै जति नाचे नि नथाक्ने मनोजको समेत उत्तिकै साथ । यता हामीले गाएर नाचेका छौँ उता वनतिर अज्ञात पंक्षीहरूले समेत प्रतिस्पर्धात्मक तवरले कुर्लिरहेका छन् । प्रत्येकलाई आफ्नै संसार रमाइलो । 
रूद्रले अभिनयसँगै गीतका फुँदाहरू मुखारविन्दबाट छुटाइरहेका छन् । उनका अन्तिम गीतमा हामी उत्कर्षमा पुगेका थियौँ । उनले झिकेका स्थायीमा समेत मैले अन्तराका गेडाहरू जोड्दै लगें, हजुर बुबाले भन्ने गर्थे दही दूध खानु नाति तर, मलाई दही दूध भन्दा खोयाबिर्के जाति बोतलको पानीले, आँखा सन्काइ नानीले इज्जत गयो पिउने बानीले भट्टी छेउमा पुगे कि त मगमग बसाइ हाल्छ ठूलो बोतल देख्नै हुन्न, यो मन रसाइ हाल्छ बोतलको पानीले‘‘‘दाजुभाई दिदीबहिनी दसै आंैला जोड्छु यो धर्तीको कसम खान्छु, आजै रक्सी छोड्छु । प्रभातकालीनमा जयकोट र काहुँडाँडाको उकालो, त्यसपछि गिरिमदेखि डाँडाखर्कको नाँच्दा मन उमंगका साथ चंगा बन्छ । शरीरका अङ्ग– प्रत्यङ्गले हलुङ्गो महसुस गर्छ । बेलैमा सुतेपछि सबैरै उठ्न सकिन्छ भन्नेप्रति म पूरापूरै सजग र सचेत छु । त्यसैले ओछ्यानतिर लाग्यौँ । पहिलो चोटि जीवनमै टेन्टको सुताइ मेरा निम्ति नौलो अनुभूति चारजनासम्म सुत्न सकिने रहेछ । लाइट, पानीको जग टेन्टमै मगायौँ । मज्जाले भुसुक्क परिएछ । सूर्योदय हुँदा घाममा रोशनी फैलाउँदै लामा तिखा किरणहरू सीधै टेन्टभित्र प्रवेश गर्छन् । 
फेवाताल मस्त निद्रामा छिन् । सुदूरपूर्वमा घामको डल्लो राताझैँ भएर मंगल धुन उध्र्व गतिमा छ । दिनभरमै पहेँल्पुरमा परिणत हुँदै चहकिन्छ । स्वागतमा चराचुरुङ्गीले गाउँछन् । फेवातालको पानीमा घामका किरणहरू टल्पलाउन थाले पृथ्वीका सारा दृश्य उज्यालिँदै आए । नागबेली हर्पन खोला गुजुल्दिँदै फेवालाई भेट्न दौडिरहेछ । हर्पनमा फाँटहरू यतिबेला बालीलाई बिदाई गरी आराम गरिर हेछन् । चापाकोट, ठूलाखेत, बाँसकोट र पामे जस्ता गाउँ बस्ती उघारिँदै आए । यसैबीच, मैले क्यामरालाई सक्रिय तुल्याएँ । क्लिक–क्लिक, बिसाउनै मन नलाग्ने । दिनानुदिन जीवनशैली अव्यवस्थित र स्वास्थ्य रोगी बन्दैछ भावी पुस्ताहरूले चटक्क संस्कृति छाड्ने खतरा छँदैछ । त्यसैले डम्बरका दाजुभाइले आत्मालाई घुलमिल गर्न यसै स्थानलाई रोजे यहाँबाट धौलागिरि, माछापुच्छ्े, अन्नपूर्ण हिमश्रृङ्खला मात्र हैन, फेवाताल समेत सम्मुखमै देखिन्छ ।