Hamro Goreto
मंगलबार काेराेनाका १७९० जना संक्रमित थपिए, थप २४ जनाकाे मृत्यु
Monday, 23 Nov 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

९ मंसिर, मंगलबार।

पछिल्लाे २४ घण्टामा काेराेना भाइरसका थप १ हजार ७९० नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ८४३ पीसीआर परीक्षण गर्दा  १ हजार ७९०जना  नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालभर अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

अाज सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । साथै, २ हजार ७९१ जना संक्रमण मुक्त भएका छन्।

यसका साथै हालसम्म २ लाख ४ हजार ८५८ जना संक्रमित निको भैसकेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २४ पुगेकाे छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट १३६१ जनाकाे मृत्यु भएकाे छ।