
असाेज ९, शुत्रबार
काठमाण्डाैं। अाज देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित कुनै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ । यसकासाथै यो न्युन चापीय क्षेत्र उत्तर-पुर्व सर्दैछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ का केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक, दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा, प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैगरी, आज राती देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै अबिरल बर्षासँगै हिजाे तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजमा एक घर बगाएको हो। बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चाको ब्लकले बनाएको एक तले घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले जानकारी दिए ।
बाढीले मानविय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेको खत्रीले जानकारी दिए । तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।