ओझेल भित्रका सचेतना अभियान
No icon

वडाद्वारा शैक्षिक सामाग्री तथा न्यानो लुगा बितरण 

मुक्ती तिवारी
बढ्दो चिसो ले जनजीवन अत्यन्तै कष्टकर बनेको छ।भने बर्षा सगैको अधिक जाडो स्कुले बिद्यार्थी र बिरामी हरुकालागी झनै कठिन बनेको छ। यहि अवस्थालाई ध्यानमा राखी बर्दघाट नगरपालिका वडा न १४ ले आफ्ना वडा भित्र रहेका विभिन्न बिधालयका बिद्यार्थीहरुलाई टोपि,मोजा लगायतका न्यानो लुगा सगै कापी कलम सहितको शैक्षिक सामाग्री हरु समेत हस्तान्तरण गरेको छ। वडा ले शुक्रबार पशुपती प्रा बि मा अध्ययनरत करिब २०० जना बिद्यार्थीहरुका लागि न्यानो लुगा र शैक्षिक सामाग्री हरु बिधालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे लाई हस्तान्तरण गरेको छ।यसै गरि शुक्र बस्तीमा रहेको शुक्र प्राबिका करिब १०० जना बिद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्रीहरु बिधालयकि प्रधानाध्यापक राधा पान्डेय लाई हस्तान्तरण गरिएको छ। त्यसै गरि चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल का बिरामीहरुका लागि समेत न्यानो ब्ल्याङ्केट अस्पताल का अध्यक्ष निमान्द न्यौपानेलाई हस्तान्तरण गरिएको थियो। समयअनुकुलको माग र आवस्यकतालाई महसुस गरि सानै रुपमा भएपनी स्थानिय तह साथ मै रहेको अनुभुती दिलाउने बिश्वास व्यक्त गर्दै बर्दघाट १४ का अध्यक्ष केशव खत्रीले बिकास निर्माण,शिक्षा स्वास्थ लगायतका आधारभुत कुराहरूका लागि आफू गम्भीर भएर लागि पर्ने बताउनु भयो।सोही अवसर मा बोल्दै उहाले एकै चोटि सबै क्षेत्र लाई समेट्न असहज हुनाले क्रमिक रुपमा वडा भित्र रहेका सबै परिवर्तन र बिकासका गतिविधिहरुमा आफुहरु प्रत्यक्ष रुपमा जोडिने प्रतिबद्धता जाहेर गर्नु भयो।अध्यक्ष खत्रीले मुख्य रुपमा बिधालयको शैक्षिक गुणस्तरमा जोड दिन आग्र गर्नु भएको थियो। वडा अध्यक्ष सहित वडा सदस्य टेकनारायण नवलपुरिया थारु,मन्जु श्रेष्ठ र सोही वार्ड का सचीव टङ्कनाथ भन्डारी र दाउन्नेदेवी स्वास्थ्य चौकी हेल्थ असिस्टेन्ट सुदिपा शर्मा लगायतको टोलिले बिधालय र अस्पतालमै पुगि उक्त सामाग्रीहरु हस्तान्तरण गरेको थियो।

Comment As:

Comment (0)